काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको छ । दिउँसाे देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च …
पुरा पढ्नुहॊस »इन्धनको मूल्य बढ्याे, पेट्रोलकाे मूल्य प्रतिलिटर ३ रूपैंयाँले वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेबाट लागू हुने गरि डिजेल र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाइएको छ। अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र मट्टीतेल र डिजेल १२२ रुपैयाँ पुगेको छ। आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएर १०६ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य भने एकै पटक प्रतिकिलोलिटर १०० अमेरिकी डलरले बृद्धि गरिएको छ। अब अन्तर्राष्ट्रिय …
पुरा पढ्नुहॊस »कोरोना सङ्क्रमण दर अत्यधिक बढेपछि आन्तरिक उडानमा कडाइ
पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ। सङ्घले आज सूचना जारी गर्दै हवाईजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र व्यागेज निसङ्क्रमित गनुपर्ने, चेक इन बोडिङ क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाईयात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको काड वा फोटो बोक्नुपर्नेजस्ता व्यवस्था गरेको छ। सङ्घको आज बसेको कार्यसमिति …
पुरा पढ्नुहॊस »सरकारले पीसीआर परीक्षणको शुल्क घटायाे, अब कति लाग्छ?
सरकारले कोरोना भाइरसको परीक्षण शुल्क घटाएको छ। बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पीसीआर परीक्षणको शुल्क समायोजन गरिएको बताएका हुन्। अब सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ तिनु पर्नेछ। यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षणकाे १ हजार रुपैयाँ लाग्थ्यो । त्यस्तै अब निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार ५ सय रुपैयाँ लाग्नेछ। यसअघि निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २ हजार रुपैयाँ …
पुरा पढ्नुहॊस »काेराेना अपडेट : नेपालमा एकै दिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण
गत २४ घण्टाभित्र नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १८ हजार ७८ जनाको पिसिआर परीक्षण र ५ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। बुधबार निकाे हुनेकाे संख्या ६१३ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ४ रहेकाे छ । काठमाडौं उपत्यकामा ६ हजार ३४३ …
पुरा पढ्नुहॊस »नेप्सेमा ३८.३५ अंकको गिरावट
साताको चौथो कारोबार दिन बुधबार (आज) पनि शेयर बजारमा गिरावट आएको छ। आज नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेर ५३९ बिन्दूमा झरेको छ। आज २२८ वटा धितोपत्रको १ करोड १८ लाख ३७ हजार कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको …
पुरा पढ्नुहॊस »कर्मचारीलाई कोरोना भएपछि ललितपुर जिल्ला प्रशासनमा अत्यावश्यकबाहेकका सेवा बन्द
कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बुधबार सूचना जारी गरी केही कर्मचारीमा संक्रमण देखिएकाले बिहीबारदेखि प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिए। बिहीबारदेखि लागू हुने गरी नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको …
पुरा पढ्नुहॊस »दाेस्राेपटक कोरोना संक्रमित भए कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित भएका छन्। आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको शर्माले जानकारी दिए। सार्वजनिक कार्यक्रममा सतर्कता नगरेकै कारण आफू संक्रमित भएको भन्दै उनले आत्मालोचना गरेका छन्। कोरोना लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताए। उनले एक सातासम्म आइसोलेसनमा रहने र त्यसपछि पुनः काममा फर्कने बताएका छन्।
पुरा पढ्नुहॊस »आजैदेखि लागू हुने गरि भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी
जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त आदेश जारी गरेकी हुन्। आदेश नमान्ने र त्यसको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने छ। माघ मसान्तसम्म सभा, भेलाजस्ता भीडभाड हुने कार्यक्रम नगर्न, मठमन्दिर तथा धार्मिकस्थलमा नित्य पूजा मात्रै सञ्चालन गर्न, माघ १५ गतेसम्म शैक्षिक संस्था भौतिकरूपमा सञ्चालन …
पुरा पढ्नुहॊस »सर्वोच्च अदालतमा आजदेखि सेवा कटौती
सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको छ। अदालतमा मंगलबार बसेको फुलकोर्टले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमितरूपमा सुनुवाइ गर्ने निर्णय गरेको हो। बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा बुधबारदेखि लागू हुने गरी माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने …
पुरा पढ्नुहॊस »