कर्मचारीलाई कोरोना भएपछि ललितपुर जिल्ला प्रशासनमा अत्यावश्यकबाहेकका सेवा बन्द

कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बुधबार सूचना जारी गरी केही कर्मचारीमा संक्रमण देखिएकाले बिहीबारदेखि प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिए।

बिहीबारदेखि लागू हुने गरी नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री