Tag Archives: mainnews

कोभिड–१९ विरुद्धको खोप लगाएकाे कार्ड हराए के गर्ने?

सरकारले माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ। सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनु पर्ने हुन्छ। पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ। त्यसैले अब खोप कार्ड हराए के गर्ने त ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको छ। मन्त्रालयले सूचना जारी गर्दै …

पुरा पढ्नुहॊस »

पशुपतिनाथसहित उपत्यकाका मन्दिरमा आजदेखि नित्य पूजा मात्र हुने

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आजदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन गरिएकाे छ। काठमाडाैं उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने बताएका छन्। पशुपति क्षेत्र विकास काेषले पनि एक सूचना जारी गरि आजबाट लागू हुनेगरी पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका …

पुरा पढ्नुहॊस »

काठमाडाैंका सिडिओसहित १८ कर्मचारीमा काेराेना भएपछि नियमित सेवा स्थगित

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजबाट लागू हुनेगरी सेवा संकूचन गरेको छ। नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। ‘१८ जनालाई कोभिड पुष्टि भइसकेको छ, १२ जनालाई पनि लक्षण देखिएपछि परीक्षण भएको छ,’ उनले भने, ‘सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई रोकेका छौँ।’ काठमाडौं प्रशासनमा ६० …

पुरा पढ्नुहॊस »

आजकाे माैसम : वर्षा र हिमपातकाे सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेकाे छ। दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहीबार सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ।

पुरा पढ्नुहॊस »

मधेश प्रदेशको नामले मधेशी पहिचानमा ठूलो राहत मिलेकाे छ : अध्यक्ष यादव

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम मधेश प्रदेश राखेसँगै मधेशी पहिचानमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्। जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले होच्याउने र हेप्ने प्रवृत्तिबाट मधेशका जनताले मुक्ति पाएको बताए। ‘मधेशी भन्ने साथै बिहारी, भारतीय भनेर हाम्रा मधेशी भाइहरू हेपिँदै आएका थिए। अब मधेश प्रदेशवाट पक्कै छुटकारा मिल्नेछ,’ उनले भने ।

पुरा पढ्नुहॊस »

काेराेना अपडेट : नेपालमा १०,२५८ जना संक्रमित थपिए

गत २४ घण्टाभित्र नेपालमा थप १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १७ हजार ८७२ जनाको पिसिआर परीक्षण र ४ हजार ९५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ६८ हजार २१५ र एन्टिजेन परीक्षणबाट १ लाख ३ हजार ९८३ रहेकाे छ। …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा माघ महिनाभरि आमसभा र जुलुसमा रोक

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला, गोष्ठीलगायतमा रोक लगाएका छन्। तीन वटै जिल्लाले मंगलबार दिउँसो एकै प्रकृतिको आदेश जारी गर्दै नरम खालको लकडाउनको निर्णय गरेका हुन्। ‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्म सञ्चालन नगर्ने’, काठमाडौं जिल्ला प्रशासनले मंगलबार जारी गरेको आदेशमा भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले कोरोनाको लक्षण देखिए …

पुरा पढ्नुहॊस »

एमालेले चयन गर्याे ६३ जिल्लामा नयाँ नेतृत्व

नेकपा एमालेले ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गरी बाँकी १४ जिल्लामा कोभिड संक्रमण कम भएपछि गर्ने जानकारी दिएको छ। एमालेका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी छ। धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु …

पुरा पढ्नुहॊस »

सत्तारूढ गठबन्धनकाे बैठकमा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति

सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति जुटेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमतिमा पुगेकाे हाे। मिति तय गर्ने लगायतका विषयमा भने आगामी बैठकमा छलफल हुने बताइएकाे छ। मंगलबारकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा …

पुरा पढ्नुहॊस »

पञ्चाङ्ग निर्णायक समितिद्वारा विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति

विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। समितिबाट स्वीकृति पाएका पात्रो माघ १५ गतेदेखि बजारमा आउनेछन्। विसं २०७६ सम्म पुस …

पुरा पढ्नुहॊस »