लोकसेवा आयोगले लिखित परीक्षाहरू स्थगित गरेको छ। बिहीबार बसेको आयोगको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र आयोगकै कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो। आयोगले माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने लिखित परीक्षा स्थगित गरिएको जनाएको छ। यस्तै, फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षासमेत कम्तीमा सात दिनको पूर्वसूचना दिई पुन:तालिकिकरण गरी सञ्चालन गर्ने आयोगले जनाएको छ। परीक्षा बाहेकका अन्य पूर्वनिर्धारित कार्यक्रम भने यथावत् …
पुरा पढ्नुहॊस »नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि
गत २४ घण्टाभित्र नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। २१ हजार ७ जनाको पिसिआर परीक्षण र ६ हजार ४९० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। बिहीबार निकाे हुनेकाे संख्या ६४९ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ४ रहेकाे छ ।
पुरा पढ्नुहॊस »कोरोनाका कारण देखाउँदै त्रिविका परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। बिहीबार बसेको बैठकले माघ ९ गते आइतबारदेखि अर्काे सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो। विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई नै कोरोना संक्रमण भएकाले ९ माघदेखि अर्काे सूचना जारी नभएसम्मका लागि त्रिविले सञ्चालन गरेका वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा जारी विज्ञप्तिमा उल्लेख …
पुरा पढ्नुहॊस »शेयर बजारमा हरियाली : ३३.०३ अंकले वृद्धि भयाे नेप्से
साताको अन्तिम कारोबार दिन बिहीबार (आज) शेयर बजार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ। आज नेप्से परिसूचक ३३.०३ अंकले बढेर २ हजार ९३१ बिन्दुमा रोकिएको छ भने सेन्सेटिभ इन्डेक्स ४.०९ अंकले बढेर ५४३.७४ बिन्दुमा रोकिएको छ। २२९ वटा धितोपत्रको १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँमा खरिद विक्री भएको छ। आज ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको …
पुरा पढ्नुहॊस »स्वास्थ्य मापदण्ड पालना नभएकाे भए त्रिविका परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरूमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् । मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका हुन्। परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको …
पुरा पढ्नुहॊस »तयारी नपुगेकाे भन्दै सत्तारुढ गठबन्धनको बैठक स्थगित
सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएकाे छ। बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएकाे हाे। ‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ। पुनः आज बस्ने गरी समय मिलाउँदैछौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने । उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो।
पुरा पढ्नुहॊस »भारतीय अनुसन्धानकर्ताको दाबी, ‘लालीगुराँस कोभिड नियन्त्रणमा प्रभावकारी छ’
हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन्। कोभिड १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष) मा गरिएको परीक्षणपछि वैज्ञानिकहरुको सो निष्कर्ष आएको हो। बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा. श्यामकुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली बनस्पति, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीको बारेमा सन् …
पुरा पढ्नुहॊस »यी ७ कम्पनी कालोसूचीमा, १ देखि वर्षसम्म कुनै काम गर्न नपाउने
काठमाडौँ । प्रधान मन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । ६ माघ देखि लागु हुने गरी अनुगमन कार्यालयले निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राखेको हो । कालो सुचीमा रहेका कम्पनीले राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ । कालो सूचीमा पर्ने कम्पनीहरूमा गजराज बालन योगीको बालन बद्रर्स कन्स्ट्रक्सन …
पुरा पढ्नुहॊस »चुनावको मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक
काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति तयलगायतको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । मंगलबार बसेको सत्तारुढ दलहरूको बैठकमा भएको छलफलअनुसार निर्वाचनको मिति तय गर्नेबारे आज थप छलफल हुन लागेको हो । सत्तारुढ दलहरूको बैठक दिउँसो ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् । उनकाअनुसार बैठकमा आगामी स्थानीय तह निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुनेछ । निर्वाचन आयोगले स्थानीय तहको चुनाव वैशाखमा गर्ने गरी …
पुरा पढ्नुहॊस »११ वर्षपछि खुल्यो इजरायल रोजगारी, पहिलो चरणमा ९९ नेपाली प्रस्थान
काठमाडौं । ११ वर्षपछि खुल्यो इजरायलमा नेपाली श्रमिकका लागि रोजगारी खुलेको छ । बुधबार दीर्घकालीन सहायक श्रमिक (केयर गिभर) का लागि छनोट भइ पहिलो चरणमा ९९ जना नेपाली श्रमिकहरु इजरायल प्रस्थान गरेका छन् । केयरगिभरका लागि मासिक तलब ५३ सय सेकेल (झन्डै दुई लाख रुपैयाँ) निर्धारण गरिएको छ । यसमा बस्न र खानाको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्छ । सरकार-सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको विदाइ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री …
पुरा पढ्नुहॊस »