काेराेना अपडेट : नेपालमा एकै दिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण

गत २४ घण्टाभित्र नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १८ हजार ७८ जनाको पिसिआर परीक्षण र ५ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

बुधबार निकाे हुनेकाे संख्या ६१३ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ४ रहेकाे छ ।

काठमाडौं उपत्यकामा ६ हजार ३४३ जना कोराेना संक्रमित थपिएका छन् । काठमाडौंमा ४ हजार ६६६ भक्तपुरमा ५७८ र ललितपुरमा १ हजार १९ जना संक्रमित थपिएका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री