काठमाडौँ । सर्वाेच्च अदालतकाे पूर्ण बैठक बस्दैछ । कर्मचारीहरूलाई कोरोना संक्रमण भएपछि मंगलबार दिउँसाे २ बजेपछि बस्नेगरी पूर्ण बैठक बाेलाएकाे अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । प्रवक्ता दाहालकाअनुसार अदालतका ३५ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएकाे छ । यस्तै, अन्य ३० भन्दा बढी कर्मचारीहरूमा कोरोनाको लक्षण देखिएको छ । यसपछि अबका दिनमा कसरी अदालत प्रशासनलाई अघि बढाउने भन्नेबारे छलफल गर्न बैठक बाेलाइएकाे हाे । बैठकका लागि सबै न्यायाधीशहरूलाई पत्रचार गरिएकाे प्रवक्ता दाहालले …
पुरा पढ्नुहॊस »पशुपति धर्मशाला बतास समूहलाई दिने सम्झौता भंग गर्न सिफारिश
काठमाडौं । नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिले सिफारिस गरेको छ । नेपाल भारतमैत्री धर्मशाल भाडामा दिएको विषयमा छानबिन गर्न गठित समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाउदै सम्झौता भंग गर्न सिफारिस गरेको हो । गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडा सम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन …
पुरा पढ्नुहॊस »काठमाडौँका यी १९ अस्पतालमा लगाउन सकिन्छ बुस्टर डोज
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ डोज उपलब्ध गराइरहेको छ। माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुस्टर डोज लगाइनेछ। निजामती …
पुरा पढ्नुहॊस »२५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न एमालेकाे सर्कुलर
एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको हो। साथै पार्टी नेता कार्यकर्ता र जनप्रतिनिधिलाई जनसेवामा खट्न पनि भनेको छ। यस्तो छ सर्कुलर नेकपा (एमाले), केन्द्रीय कार्यालयले आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका …
पुरा पढ्नुहॊस »प्रदेश २ को नाम अब ‘मधेश प्रदेश’
प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ। प्रदेशसभाको सोमबार बसेको बैठकले ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको हाे। प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको छ। जुन दुई तिहाइ बहुमत हो। १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरधामलाई नै पारित गरेको थियो ।
पुरा पढ्नुहॊस »नेपालमा थपिए ६,७३४ जना कोरोना संक्रमित, ५४७ जना निकाे भए
गत २४ घण्टाभित्र नेपालमा थप ६,७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १४ हजार १४ जनाको पिसिआर परीक्षण र ३ हजार ४५१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ५९ हजार ४८५ र एन्टिजेन परीक्षणबाट १ लाख २ हजार ४५५ रहेकाे छ। निकाे हुनेकाे …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच साेमबार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका साथै आगामी स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको बताइएकाे छ। प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा भोलि मंगलबार सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठक बोलाउने सहमति पनि भएको छ। कोभिड–१९ बाट सङ्क्रमित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही दिनयता …
पुरा पढ्नुहॊस »स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न सरकारसँग माग
स्थानीय तह सरकारसँग सम्बन्धित तीनवटा संस्थाले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको छ। गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले सोमबार विज्ञप्ति निकालेर ७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको हो । ‘स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश: ७ असार २०७९, २१ असार र ७ …
पुरा पढ्नुहॊस »पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना भाइरस संक्रमण भएको छ। उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। सोमबारका लागि तय भएका कार्यक्रममा मन्त्री आले सहभागी नहुने उनको सचिवालयले जानकारी दिएको छ। केही दिनयता अनुगमनमा हिँडिरहेका मन्त्री आलेलाई कोरोना संक्रमण भएको हो। आइतबार मात्र बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएर चलाइरहेको पशुपतिनाथ मन्दिर क्षेत्रको धर्मशालाको निरीक्षण गर्न पुगेका थिए। मन्त्री आलेसहित उनको स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको …
पुरा पढ्नुहॊस »कोरोना सङ्क्रमण बढेपछि थप नयाँ प्रतिबन्ध, के-के गर्न पाइँदैन ?
काठमाडौँ । सरकारले कोरोनाभाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै देशैभर थप प्रतिबन्ध बढाएको छ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको हाे । शुक्रबार बसेको मन्त्रिपरिषदले ३६ बुँदे नयाँ आदेश जारी गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐनले दिएको अधिकार प्रयोग गर्दै विभिन्न क्षेत्रहरू बन्द वा नियमन गर्ने आदेश जारी गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । …
पुरा पढ्नुहॊस »