Tag Archives: mainnews

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले दिउँसो ३ बजे राष्ट्रको नाममा सम्वोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बताइएको छ । उनी गत २९ असारमा प्रधानमन्त्री भएका थिए ।

पुरा पढ्नुहॊस »

बाहिर निस्कँदै हुनुहुन्छ ? त्यसो हो भने खोप कार्ड बोक्न नबिर्सिनुस्

काठमाडौं । आजबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको निर्णयअनुसार गृह मन्त्रालयले आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गरेकाे हो । जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । सबै निकायहरुले खोप कार्ड …

पुरा पढ्नुहॊस »

उपत्यकामा थप कडाइ, आज रातिदेखि जोरबिजोर प्रणाली

बैठकले दुई पाङ्गेसहितका निजी तथा सार्वजनिक सवारी साधानहरु जोर गते जोर र बिजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले जानकारी दिए ।  उनकाअनुसार सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।

पुरा पढ्नुहॊस »

यस्तो छ राष्ट्रिय सभा निर्वाचनको स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिर्वाय गरेको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रिय सभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक गरेको हो । कोरोना संक्रमण बढ्दै गएपछि यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले अनिर्वाय स्वास्थ्य मापदण्ड लागू गरेको हो । आयोगका अनुसार मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायतले …

पुरा पढ्नुहॊस »

कोरोनाको उपचार गर्ने औषधि पर्याप्त छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताए । हाल नेपालमा सिटामोललगायत कुनै पनि औषधिको अभाव नरहेको उनको भनाइ छ । उनका अनुसार स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखासँग १० लाख र सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल छ । मन्त्रालयले सिटामोललगायत …

पुरा पढ्नुहॊस »

काठमाडाैं उपत्यकामा चल्ने सबै सवारी साधनमा जाेर विजाेर प्रणाली

काठमाडाैं उपत्यकामा शुक्रबारबाट लागू हुने गरि निजी तथा भाडाका सबै सवारी साधन जाेर विजाेर अनुसार संचालन हुने भएका छन्। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यस्ताे सूचना जारी गरेका हुन्। लामो दूरीका सवारी साधनमा बीचमा यात्रु चढाउन नपाउने तथा सकेसम्म सबै यात्रुका लागि एन्टिजेन परीक्षणको व्यवस्था गर्न जारी आदेशमा उल्लेख छ।

पुरा पढ्नुहॊस »

लोकसेवा आयोगका लिखित परीक्षा स्थगित

लोकसेवा आयोगले लिखित परीक्षाहरू स्थगित गरेको छ। बिहीबार बसेको आयोगको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र आयोगकै कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो। आयोगले माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने लिखित परीक्षा स्थगित गरिएको जनाएको छ। यस्तै, फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षासमेत कम्तीमा सात दिनको पूर्वसूचना दिई पुन:तालिकिकरण गरी सञ्चालन गर्ने आयोगले जनाएको छ। परीक्षा बाहेकका अन्य पूर्वनिर्धारित कार्यक्रम भने यथावत् …

पुरा पढ्नुहॊस »

नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि

गत २४ घण्टाभित्र नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। २१ हजार ७ जनाको पिसिआर परीक्षण र ६ हजार ४९० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। बिहीबार निकाे हुनेकाे संख्या ६४९ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ४ रहेकाे छ ।  

पुरा पढ्नुहॊस »

कोरोनाका कारण देखाउँदै त्रिविका परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। बिहीबार बसेको बैठकले माघ ९ गते आइतबारदेखि अर्काे सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो। विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई नै कोरोना संक्रमण भएकाले ९ माघदेखि अर्काे सूचना जारी नभएसम्मका लागि त्रिविले सञ्चालन गरेका वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा जारी विज्ञप्तिमा उल्लेख …

पुरा पढ्नुहॊस »

शेयर बजारमा हरियाली : ३३.०३ अंकले वृद्धि भयाे नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार (आज) शेयर बजार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ। आज नेप्से परिसूचक ३३.०३ अंकले बढेर २ हजार ९३१ बिन्दुमा रोकिएको छ भने सेन्सेटिभ इन्डेक्स ४.०९ अंकले बढेर ५४३.७४ बिन्दुमा रोकिएको छ। २२९ वटा धितोपत्रको १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँमा खरिद विक्री भएको छ। आज ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको …

पुरा पढ्नुहॊस »