एमसीसीलाई चुनावपछि मात्र टुंग्याउँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी अनुदान सम्बन्धि सम्झौता एमसीसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका छन्।

आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको बैठकमा प्रचण्डले एमसीसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका हुन्।

एमाले महासचिव शंकर पोखरेलका अनुसार चुनाव नजिकिएकाले एमसीसीलाई त्यसपछि टुंग्याउँदा ठिक हुने प्रचण्डको भनाइ थियो। तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अघि बढाउन र त्यसमा सहयोग गर्न एमालेको सहयोग माग गरेका थिए। तर, प्रचण्डले भने आगामी वर्षभित्र सबै तहको चुनाव गरिसक्नुपर्ने भएकाले एमसीसीलाई त्यसपछि मात्र टुंग्याउनु उपयुक्त हुने धारणा राखेको पोखरेलले जानकारी दिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस