कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी)ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ ।
सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
‘आज बसेको सीसीएमसीको बैठकले सात वटा निर्णय गरेको छ,’ सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भनिन्, ‘भोलिबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेका छौँ।’
कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि सीसीएमसीको सिफारिसमा सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । केही दिनअघि सरकारले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएको भए पनि निजी सवारी साधनमा भने हटाएको थिएन। आज बसेको सीसीएमसीको बैठकले सबै सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली माघ २४ गतेबाट हटाउन गृहलाई सिफारिस गर्ने निर्णय गरेको हो।
सीसीएमसीको आजको बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरू फागुन १ गतेबाट भौतिक उपस्थितिमा सञ्चालन गर्न सिफारिस गरेको छ।
प्रतिकृया दिनुहॊस