जेब्रा झोलामा प्याक गरेर फ्यालिएको शवको पहिचान

काठमाडौँ । हत्या गरेपछि शरीरलाई टुक्रा बनाउँदै जेब्रा झोलाभित्र प्याक गरेर जंगलमा फ्यालिएको शवको एक सातापछि पहिचान खुलेको छ । हत्या गरिएका व्यक्ति झापाको दमक नगरपालिका-५ का ४३ वर्षीय दीपक सिग्देल रहेको पुष्टि भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका-४ स्थित धरान-भेडेटार सडक खण्डमा उनको लास भेटिएको थियो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईकाअनुसार प्रारम्भिक अनुसन्धानबाट सिग्देलको पुरानो घर इलामको बाँझोमा रहेको खुलेको छ ।

सिग्देल परिवार केही वर्षअघि मात्रै दमकमा बसाइँ सरेर आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । हत्यामा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

घटनाबारे विस्तृत जानकारी दिन इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । ‘अनुसन्धान लगभग सकियो, आधिकारिक रुपमा आजै पत्रकार सम्मेलन गरेर आरोपीहरु सार्वजनिक गर्नेछौं,’ प्रवक्ता राईले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अपरिचित गाडीको ठक्करबाट युवकको मृत्यु

काठमाडौं । सवारी दुर्घटना प्रकरणमा डोटीस्थित केआईसिंह राजमार्ग अवरुद्ध पारिएको छ । अपरिचित गाडीको ठक्करबाट …

प्रतिकृया दिनुहॊस