४३.१० अंकले घट्याे नेप्से

सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार ७.७३ अंकले घटेको नेप्से परिसूचक सोमबार ४३.१० अंकले घटेर २ हजार ६१०.६० बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.६४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ अंकले घटेको छ।

सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबार ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। आइतबारको तुलनामा सोमबार कारोबार रकममा सामान्य वृद्धि भएको छ।

नेप्सेका १३ उपसमूह राताम्मै भएका छन्। जसमा सबैभन्दा बढी जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयरमूल्य नकारात्मक सर्किटमा कारोबार भएको छ। त्यस्तै दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

जेठ १८ ‘सिइओ कन्फरेन्स’ हुने

काठमाडौँ । नेपाल व्यवस्थापन संघले जेठ १८ शुक्रवार सिइओ कन्फरेन्स आयोजना गर्ने भएको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after