कांग्रेस चितवनको अधिवेशन शुक्रबार हुँदै

नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने भएको छ। विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने जानकारी दिए। उनका अनुसार अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ।

जिल्ला सभापतिका लागि ६ जनाले आकाङ्क्षा राखेका छन् । प्रा डा सूर्यकान्त घिमिरे, कैलाश कोइराला, उत्तम जोशी, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ र विजय भुषालले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्। घिमिरे नेविसंघका पूर्वजिल्ला सभापति एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार हुन् । खनाल र भुषाल महासमिति सदस्य हुन् भने कोइराला हालका उपसभापति र जोशी सचिव हुन् । यस्तै श्रेष्ठ बागमती प्रदेशसभा सदस्य एवं मन्त्री हुन् ।

सङ्ख्या घटाउनका लागि आन्तरिक गृहकार्य भइरहेको छ। श्रेष्ठ संस्थापन पक्षमा देखिएका उम्मेदवार हुन् भने अन्य उम्मेदवार संस्थापनइतरका हुन् । संस्थापन इतरका उम्मेदवारमध्ये एक बनाउन गृहकार्य भइरहेको छ। सभापति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ।

पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्नुपर्ने हुन्छ। दुई हजार ९०६ मतदाता छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नागरिकता त्यागेका पूर्वकर्मचारीको पेन्सन रोकियो

काठमाडौं । नेपाली नागरिकता त्यागिसकेका पूर्वराष्ट्रसेवकहरूको पेन्सन गत साउनदेखि रोकिएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि उनीहरूले नवीकरण गर्न सकेका छैनन् । विदेशको नागरिकता लिइसकेको भए पनि विगतमा पुरानो नागरिकताकै आधारमा उनीहरूले पेन्सन नवीकरण गर्दै आएका थिए । तर, गत साउनदेखि २८ जिल्लामा पेन्सन नवीकरणका लागि परिचयपत्र अनिवार्य गरेपछि उनीहरूको सुविधा रोकिएको हो ।

प्रतिकृया दिनुहॊस