काेराेना अपडेटः १२७ जनामा संक्रमण पुष्टि, ३२१ निको भए

पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८७४ जनाको परीक्षण गर्दा १२७ जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ७ हजार ७७० रहेको छ।

काठमाडाैं उपत्यकामा ३० जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्ये काठमाडाैंमा १८, भक्तपुरमा ४ र ललितपुरमा ८ जना रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री