Tag Archives: mainnews

रुस-युक्रेन युद्ध : ५११ नेपाली युक्रेनबाट बाहिरिए

काठमाडौं । रुस-युक्रेन युद्धबाट ज्यान जोगाउन अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिएका छन् । उद्दार समितिका अनुसार हालसम्म ४०३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका छन् । हालसम्म ५११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् । उद्दार गरिएकामध्ये …

पुरा पढ्नुहॊस »

दशैँ-तिहारमा दिने बिदा थपियो

काठमाडौँ । आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दशैँ-तिहारको बिदा समेत लम्ब्याएर नौ दिन बढाएको हो । आगामी वर्ष दशैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय भएको छ । यसअघि टीकाको भोलिपल्ट (एकादशी) सम्म मात्र बिदा हुन्थ्यो । त्यस्तै, तिहारमा भाइटिकाको भोलिपल्ट पनि बिदा हुने भएको छ । नेवार समुदायले त्यस दिन भाइटिकाकै रूपमा किजा पूजा गर्छन् । आगामी वर्ष क्रिसमस, …

पुरा पढ्नुहॊस »

पहाडी भेगमा मेघगर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश-१ का पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ । …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो इन्धनकाे मूल्य, पेट्रोल प्रतिलिटर १५० रूपैंयाँ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले मूल्य बढेको निगमले जनाएको छ। निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ। निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे …

पुरा पढ्नुहॊस »

मतदाता नामावलीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगद्वारा समय प्रदान

मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि निर्वाचन आयोगले समय दिएको छ। आयोगले यसका लागि फागुन २६ गते सम्मको समय दिएको हो। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले फागुन २० गतेदेखि सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेबसाइटमा मतदाता नामावली सार्वजनिक गर्ने जनाएको छ। कसैले झुटा विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश …

पुरा पढ्नुहॊस »

कांग्रेस कैलालीको सभापतिमा बमलाई पराजित गर्दै भट्ट विजयी

नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा बमभन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन्। सभापतिमा विजयी भएका नारायणदत्त भट्टले एक हजार ३५९ मत पाएका छन्, भने उनका प्रतिष्पर्धी प्रकाश बमले १ हजार ९६ मत पाएका हुन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि बिहीबार धनगढी स्थित कैलाली उद्योग …

पुरा पढ्नुहॊस »

‘विपक्षी दलले अब समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्छ’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विपक्षी दल नेकपा (एमाले)ले समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने बताएका छन्। काभ्रेको धुलिखेलमा आज आयोजना गरेको नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५०औँ बैठकमा बाेल्दै उनले यस्ताे बताएका हुन् । नेता सिंहले राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने धारणा राखे । उनले सङ्घीय संसदबाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर …

पुरा पढ्नुहॊस »

व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियोः शङ्कर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको बताएका हुन् । उनले यसको कुनै अर्थ पनि नरहेको पनि बताए । महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए।

पुरा पढ्नुहॊस »

संसद् अवरोध हटाउन प्रतिपक्षी दललाई सत्ता गठबन्धनकाे आग्रह

सत्तागठबन्धन दलहरुले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् लामो समयसम्म सुचारु नहुँदा जनतामा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्छ भन्ने बारेमा छलफल भएको बताए। लामो समयदेखि संसद् बैठक अवरुद्ध हुँदा संसदमा …

पुरा पढ्नुहॊस »

सत्तारुढ ४ दलको बैठकमा के भयाे निर्णय?

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई ५ वर्षभित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ चार दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले ५ वर्षभित्रमा करिव ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनेतर्फ सरकार रहेको बताए । उनले एमसीसी पास गर्न सहयोग गर्ने राजनीतिक …

पुरा पढ्नुहॊस »