६३ दशमलव ९८ अंकले घट्याे नेप्से

बुधबार शेयर बजार ६३ दशमलव ९८ अंकले घटेको छ। मंगलबार सार्वजनिक विदा भएर नखुलेको बजार आज खुलेदेखि नै घट्न थालेको थियो ।

उच्च अंकले घट्दै बुधबार नेप्से २ हजार ५४६ दशमलव ६० बिन्दुमा झरेको छ । बुधबार २२८ वटा धितोपत्रको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बुधबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी फाइनान्स समूहको ३ दशमलव ६५ प्रतिशतले घटेको हो ।

कारोबार रकमको आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १६ करोड १८ लाख ९८ हजार ३२१ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस