कांग्रेसको आजदेखि स्थानीय निर्वाचन लक्षित एक महिने चुनावी अभियान

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आजदेखि आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान शुरु गर्दैछ ।

७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन् । कांग्रेसले चुनावी अभियानको नारा ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझाव समेत लिने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

डा. महतका अनुसार कांग्रेसको नेतृत्वमा हासिल उपलब्धिबारे जनतालाई जानकारी गराउने, एमसीसीबारेका भ्रमलाई चिर्ने र विगतको सरकारका पालामा भएका असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष राख्ने पनि डा. महतले बताए । चुनावी अभियानका लागि कांग्रेसका प्रतिनिधिहरु जिल्ला-जिल्लामा खटिइसकेका छन् ।

कांग्रेस नेता प्रकाशमान सिंहले अभियानको क्रममा जनताबाट संकलन गरिएका सुझावको आधारमा आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर निणर्य लिइने बताएका छन् । अभियानका लागि कांग्रेसले देशका ७७ वटै जिल्लाहरुमा केन्द्रीय सदस्यहरु खटाएको छ । कांग्रेसले प्रतिनिधिका रूपमा खटाइएका नेताहरुलाई फागुन २७ गतेभित्र सम्बन्धित जिल्लामा पुग्न निर्देशन दिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस