कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले नेपालमा उल्लेखनीय मौसमी प्राणाली नरहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार पहाडी भेगमा आंशिक बदली र देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ ।

दिउँसो पनि देशका पहाडी भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीको असरबाट बच्न भन्दै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । जसमा भनिएको छ- देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य