राष्ट्रसंघको मानव अधिकार परिषद्‌बाट रुस निलम्बित, तटस्थ बस्यो नेपाल

काठमाडौँ । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यबाट रुसलाई निलम्बित गरिएको छ । बिहीबार राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा रुसलाई सदस्यबाट हटाउनु पर्ने पक्षमा बहुमत राष्ट्रले मतदान गरेपछि रुस निलम्बनमा परेको हो ।

डेढ महिनादेखि युक्रेनमा आक्रमण गरिरहेको रुसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मुलुकले मत दिएका थिए । ५८ मुलुक तटस्थ बसेका थिए । मतदानमा नेपाल पनि तटस्थ बसेको थियो ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेपछि राष्ट्रसंघमा भएका सबै मतदानमा नेपालले आफूलाई युक्रेनको पक्षमा उभ्याउँदै आएको थियो । यो मतदानमा पनि भारत तटस्थ बसेको छ भने चीनले प्रस्तावको विपक्षमा मत दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस