कलाकार पल शाह पुर्पक्षको लागि थुनामा

नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ।

नवलपुर जिल्ला अदालतमा शाहसँग मङ्गलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदातलतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो। न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्मको लागि थुनामै राख्न आदेश दिएपछि कलाकार शाहलाई पुनः बुधबार राति कारागारमा ल्याई राखिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

कावासोतीस्थित नवलपुर जिल्ला अदालतले तनहुँ कारागारमा नै थुनामा राख्न आदेश भएकोले बुधबार राति १२ः३० बजे तनहुँ कारागारमा राखिएको उनले बताए। कलाकार शाहलाई तनहुँका अतिरिक्त पूर्वी नवलपरासीमा पनि बालिकामाथि यौन शोषण गरेको आरोप उजुरी परेपछि नवलपरासीमा हाजिर गराइएको थियो ।

एक वर्षअघि नवलपुरको गैँडाकोटमा सुटिङको क्रममा मादक पद्धार्थ खुवाएर बलात्कार गरेको भन्दै व्यास नगरपालिका–१० की एक किशोरीले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि चैत्र ३ गते जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको थियो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

अभिनेत्री जय प्रदाकाे उपिस्थितिमा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’

काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । …

प्रतिकृया दिनुहॊस