काठमाडौँ महानगरलाई सुशासन दिलाउनु मेरो प्रमुख लक्ष्य हो : सिर्जना सिंह

नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको नगरप्रमुखको उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई सुशासन दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको बताएकी छिन्।

नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यक्रममा उनले २५ वर्षदेखि लथालिङ्ग अवस्थामा रहेको काठमाडौँ महानगरपालिकालाई सुव्यवस्थित गर्नका लागि आफूले नगरप्रमुख पदमा उम्मेदवारी दिएको बताइन् ।

“कांग्रेस पार्टीले सार्वजनिक गरेको घोषणापत्र र मेरो प्रतिबद्धतापत्रलाई समावेश गरेर म जनताको घरदैलोमा पुग्छु, महिला अधिकार मेरो प्रमुख मुद्दा हुनेछ”, उनले भनिन्।

कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपालको मुटु काठमाडौँमा महिलाले नगरप्रमुखको उम्मेदवार पाउनु खुसीको कुरा भएको बताइन्। नेतृ देउवाले राजनीतिमा नातालाई भन्दा योग्यतालाई हेर्नुपर्ने बताइन्। कांग्रेस पार्टीले हरेक कुरामा छलफल र बहस गरेर निर्णय गर्ने बताउँदै पार्टीको साझा उम्मेदवार सिंह भएको भन्दै उनलाई जिताउनका लागि लाग्न काठमाडौँका जनतालाई उनले आग्रहसमेत गरिन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कांग्रेस कार्यसम्पादन समितिले गर्‍यो एमालेसँगको सहमतिको स्वागत

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक नयाँ सरकारका विषयमा नेकपा एमालेसँग भएको सहमतिको स्वागत …

प्रतिकृया दिनुहॊस