दाइजोको निहुँमा सप्तरीमा परिवारकै सदस्यबाट महिलामाथि कुटपिट

सप्तरीको रुपनी गाउँपालिका–६ कि लक्ष्मीनियाँ कुमारी भगत परिवारकै सदस्यबाट कुटिएकी छिन्। ससुरा शिवदयाल भगत र श्रीमान सञ्जिवकुमार भगतसहित परिवारका सदस्यले उनलाई कुटपिट गरेको पीडितले आरोप लगाएकी छिन्।

कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मीनियाँको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ। कुटपिटबाट घाँटी, ढाड, पाखुरा, टाउकोलगायतमका अंगमा चोटपटक लागेको पीडितको भनाइ छ ।

आइतबार राति मारिदिन्छु भन्दै सासु, ससुरा, श्रीमान, जेठानी नन्दले कुटपिट गरि अचेत बनाएको पीडित लक्ष्मीनियाँले बताइन्। ‘मलाई राति नै कुटेर बेहोस बनाएको रहेछ। सोमबार बिहान होसमा आएपछि मात्र म माथि कुटपिट भएको थाहा पाएँँ,’ उनले भनिन्।

एक वर्षदेखि दाइजोको निहुँमा पटक–पटक आफूमाथि शारीरिक, मानसिक दिँदै आएको र यसबारे प्रहरीमा जाहेरी दिँदासमेत पीडकमाथि कारबाही नभएको लक्ष्मीनियाँको दुःखेसो छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस