कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (विवरणसहित)

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले गर्न पाउने खर्च सीमा तोकेको छ । आयोगले उम्मेदवारको पदअनुसार बढीमा ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको हो ।

महानगरपालिका मेयर तथा उपमेयरले ७ लाख ५० हजार र वडाध्यक्ष र सदस्यहरूले ३ लाखभन्दा बढी खर्च गर्न पाउने छैनन् । वडाध्यक्ष, वडा सदस्य, महिला, दलित वा अल्पसङ्ख्यक सदस्यले ३ लाख रुपैयाँभित्रको सीमामा रहेर खर्च गर्नुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै उपमहानगरपालिकाका मेयर र उपमेयरले ५ लाख ५० हजार तथा वडा अध्यक्ष र वडा सदस्यहरूका लागि ३ लाख रुपैयाँसम्म मात्र खर्च गर्न सक्ने गरी खर्चको सीमा तकिदिएको छ । वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित अल्पसङ्ख्यक सदस्यहरूले २ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

कुन उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन् ?

स्थानीय तहको निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि आयोगले ३० वैशाखका लागि दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्दैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after