६१ जिल्लामा पुर्‍याइयो मतपत्र, महानगरको छपाइ जारी

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा मतपत्र ढुवानीको काम धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ । आइतबारसम्म ६१ जिल्लामा मतपत्र ढुवानी भइसकेको आयोगले बताएको हो ।

बाँकी १६ जिल्लामा केही दिनभित्र मतपत्र ढुवानी गरिसकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनकाअनुसार अब मधेश प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर्न बाँकी छ । सडक सुविधा नभएका क्षेत्रमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।

अहिलेसम्म ६१ जिल्लाका लागि एक करोड २३ लाख मतपत्र ढुवानी गरिसकिएको प्रवक्ता पौडेलले जानकारी दिए । अनुमानभन्दा धेरै उम्मेदवारी परेका ठाउँमा भने पुनः मतपत्र छाप्ने आयोगको तयारी छ ।

काठमाडौँ महानगरका लागि मतपत्र छपाइ जारी छ । आजदेखि ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरको मतपत्र पनि छपाइ हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सातै प्रदेशमा मुटु रोग उपचार पुर्‍याउने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

काठमाडाैं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस

This will auto close after