६१ जिल्लामा पुर्‍याइयो मतपत्र, महानगरको छपाइ जारी

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा मतपत्र ढुवानीको काम धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ । आइतबारसम्म ६१ जिल्लामा मतपत्र ढुवानी भइसकेको आयोगले बताएको हो ।

बाँकी १६ जिल्लामा केही दिनभित्र मतपत्र ढुवानी गरिसकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनकाअनुसार अब मधेश प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर्न बाँकी छ । सडक सुविधा नभएका क्षेत्रमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।

अहिलेसम्म ६१ जिल्लाका लागि एक करोड २३ लाख मतपत्र ढुवानी गरिसकिएको प्रवक्ता पौडेलले जानकारी दिए । अनुमानभन्दा धेरै उम्मेदवारी परेका ठाउँमा भने पुनः मतपत्र छाप्ने आयोगको तयारी छ ।

काठमाडौँ महानगरका लागि मतपत्र छपाइ जारी छ । आजदेखि ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरको मतपत्र पनि छपाइ हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री