२६ औं पटक सगरमाथा आरोहण गरेर कामीरिताले तोडे आफ्नै रेकर्ड

काठमाडौँ । आरोही कामीरिता शेर्पाले २६औँ पटक सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । कामीरिता ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेको हाे ।

कामीरितासहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा पुगेको छ । कामीरिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२औँ पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।

उनले पहिलो पटक १३ मे १९९४ मा सगरमाथाको आरोहण गरेका थिए । उनको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

कामीरितासँगै सगरमाथा पुगेका अन्य आरोहीमा सोना शेर्पा, निग्मा तासी शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इजरायलले माग्यो ८ सय कामदार, को-को जान पाउँछन् ? (सूचनासहित)

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नको लागि ८ सय नेपाली कामदार लैजाने भएको …

प्रतिकृया दिनुहॊस