Tag Archives: mainnews

एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसक्यो : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसकेको टिप्पणी गरेका छन्। एमालेले साना दलहरुसँग तालमेल गरेको र ती दलका चिह्नले घोचेर सूर्यमा प्वाल परिसकेको थापाको भनाइ थियो। मंगलबार काठमाडौंको असनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल, परिवार दल लगायतका साना पार्टीको चुनाव चिह्नले सूर्यलाई प्वाल पारेको टिप्पणी गरेका हुन्। ‘मकवानपुरमा कमल थापा, चितवनमा राजेन्द्र लिङ्देन, डाँडा चढ्दा विप्लव, आरोलो झर्यो सीके राउत,’ थापाले भने, …

पुरा पढ्नुहॊस »

तुलसीपुर उपमहानगर-१७ मा जेठ ३ गते मतदान हुने

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ। एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए। यसअघिको कार्यकालमा तुलसीपुर १७ को वडा सदस्य भएरसमेत काम गरेका थिए। चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि दुई पटक नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको थियो। तर, त्यहाँ पनि सन्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको …

पुरा पढ्नुहॊस »

देशभर ३५५ जना निर्विरोध, १ लाख ९ हजार ८८ जना कर्मचारी खटिए

निर्वाचन आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्यको आवधिक निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुबाट सम्पूर्ण तयारीहरु पूरा भइसकेको जनाएको हो । यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेको आयोगले जानकारी दिएको छ । जसमा ६ …

पुरा पढ्नुहॊस »

नयाँ मतदाताले कहाँ र कहिले पाउँछन् परिचयपत्र ?

काठमाडौँ । स्थानीय तह निर्वाचन आउन अब तीन दिन मात्र बाँकी छ । वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । यही वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदानमा भाग लिन पाउनेछन् । आयोगका अनुसार एकै चरणमा हुन लागेको निर्वाचनमा देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । ८७ लाख ४१ …

पुरा पढ्नुहॊस »

कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार कुर्मीको निधन

काठमाडौँ । कपिलवस्तुमा एक उपमेयर पदकी उम्मेदवारको निधन भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदमा उम्मेदवार बनेकी शुभावति कुर्मीको गएराति निधन भएको हो । निवर्तमान उपमेयरसमेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको हृदयाघातका कारण निधन भएको हुनसक्ने अनुमान छ । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आजको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको छ । निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम …

पुरा पढ्नुहॊस »

राति १२ बजेदेखि मौन अवधि, के-के गर्न पाइँदैन ?

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला/गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । …

पुरा पढ्नुहॊस »

मध्यरातदेखि ७२ घण्टा सीमा नाका बन्द हुने

काठमाडौँ । सरकारले चीन र भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा क्षेत्र आजरातिबाट ‘सिल’ गर्ने भएको छ । स्थानीय तह निर्वाचनका लागि सीमाबाट हुने आवागमन ७२ घण्टासम्म बन्द गर्न लागिएको हो । आज मध्यरातदेखि मतदान हुने दिनको मध्यरातसम्म सीमा बन्द गर्ने निर्वाचन आयोगको निर्णयअनुसार सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकिएको गृह मन्त्रालयले जनाएको छ । नेपालको भारतसँग करिब १ हजार ८ सय ८० किमि र चीनसँग करिब १ हजार ४ सय १४ किमि लम्बाइको …

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई निर्वाचन आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तीन दिने स्पष्टीकरण सोधेको छ। सोमबार निर्वाचन आयोगले पोखरेलका बारेमा सञ्चार माध्यममा प्रकाशन भएका समाचार ‘सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्मन्त्री र मन्त्री’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता अनुसार प्रदेश सरकार मुख्यमन्त्री वा मन्त्रीले आफैं उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने व्यवस्था …

पुरा पढ्नुहॊस »

निर्वाचन विरोधी गतिविधि गर्नेहरुको सूक्ष्म निगरानी भइरहेको छः गृह मन्त्रालय

गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ। गृहले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी केही क्रियाकलापहरु भईरहेको सूचनाहरु प्राप्त भएको समेत जनाएको छ। ‘मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनीतिक पद्धति, उम्मेद्वार तथा तिनका प्रतिवद्धता, राजनीतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित हुनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारहरुबाट निर्वाचन प्रचार प्रसारका नाममा आपसी …

पुरा पढ्नुहॊस »

आज ८ जनामा संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार २ नमूना परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १९० जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३८ हजार ३५९ रहेको छ …

पुरा पढ्नुहॊस »