निर्वाचन विरोधी गतिविधि गर्नेहरुको सूक्ष्म निगरानी भइरहेको छः गृह मन्त्रालय

गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ। गृहले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी केही क्रियाकलापहरु भईरहेको सूचनाहरु प्राप्त भएको समेत जनाएको छ।

‘मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनीतिक पद्धति, उम्मेद्वार तथा तिनका प्रतिवद्धता, राजनीतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित हुनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारहरुबाट निर्वाचन प्रचार प्रसारका नाममा आपसी द्वन्द, विवाद तथा झैझगडाका छिटपुट घटनाहरु घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकूलका केही क्रियाकलापहरु भइरहेका सूचनाहरु प्राप्त भएका छन् ।’

निर्वाचनलाई शान्त, स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्नु सबैको कर्तव्य रहेको गृहले जनाएको छ।

निर्वाचन विरोधी गतिविधि गर्नेहरुको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको विज्ञप्तिमा उल्लेख छ । यही बैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह निर्वाचन हुन गइरहेको छ ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस