Tag Archives: mainnews

प्रेस काउन्सिलद्वारा आचारसंहिता उल्लंघन गर्ने २१२ मिडियामाथि कारवाही

प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ। काउन्सिलका अनुसार कारवाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६ वटा अनलाइन न्युज पोर्टल र ४४ वटा वेब पोर्टल रहेका छन्। यस्तै २९ जना पत्रकारलाई पनि कारवाही गरिएको काउन्सिलले जनाएको छ। कारवाही गरिएका मिडियामध्ये ३६ वटासँग स्पष्टीकरण तथा जवाफ माग, ८१ वटालाई निर्देशन, १७ वटालाई सचेत गराइएको, ४६ वटालाई ध्यानाकर्षण र ४४ …

पुरा पढ्नुहॊस »

श्री एयरलाइन्सको इन्जिन फेल भएपछि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडान भरेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएको छ । आज ८७ जना यात्रुले लिएर काठमाडौंबाट धनगढीका लागि उडेको जहाजको इन्जिन फेल भएको हो । इन्जिन फेल भएपछि जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण सुरक्षित रुपमा अवतरण गराइएको जानकारी प्राप्त भएकाे छ ।

पुरा पढ्नुहॊस »

निर्वाचनका समयमा पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने

निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने भएको छ। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौँमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुनसक्ने असुविधालाई ध्यानमा राखेर सटल बस सञ्चालन गर्न लागेको हो। बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिष्ट बस एशोसिएशन अफ नेपाल र नेपाल टुरिष्ट भेहिकल एशोसिएशनको समन्वयनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवतजावतका लागि विभिन्न रुटमा सटल बस सञ्चालन गर्न …

पुरा पढ्नुहॊस »

काठमाडौँ र भक्तपुरका प्रशासनिक सेवा प्रभावित हुने

जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले वैशाख २८ र २९ गते (आज र भाेलि) कार्यालयको सेवा प्रभावित हुने जनाएको छ। ‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै प्रशासन कार्यालयद्वारा मंगलबार जारी सूचनामा जनाइएको छ। वैशाख ३० गते एकै दिन मुलुकका ७५३ वटै …

पुरा पढ्नुहॊस »

व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट

वैदेशिक रोजगार कार्यालय काठमाडौँले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ। कार्यालयका प्रमुख रमेश अर्यालले आँउदो जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिए। कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र यही वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गरेसँगै कार्यालयमा दैनिक हुने हजारौको भीड हटेको छ । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ …

पुरा पढ्नुहॊस »

म्याग्दीमा भएकाे ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गएराति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए। उनका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक …

पुरा पढ्नुहॊस »

आज र भोलि मतदाता परिचयपत्र वितरण हुने

नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन्। पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ। वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई …

पुरा पढ्नुहॊस »

मौन अवधि सुरु, अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द भए

मतदानको समय नजिकिँदै जाँदा मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि कायम गरिएको निर्वाचन आयोगले जनाएको छ। मौन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको हो। यो अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसार लगायत …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीपत्नी आरजु देउवालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। मंगलबार आयोगले राणालाई उनले चुनावी सभाहरुमा दिएको अभिव्यक्तिबारे आयोगमा उजुरी परेको जनाएको छ। मतदातालाई अनुचित प्रभावमा पार्न खोजेको र आर्थिक प्रलोभन देखाउने खालको अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको निर्वाचन आयोगको पत्रमा जनाइएको छ। संघीय सरकारबाट स्थानीय तहहरुलाई के कति बजेट जाने भन्ने सम्बन्धमा संविधान र कानुन बमोजिम संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सकारबीच राजश्वको …

पुरा पढ्नुहॊस »

निर्वाचन आयोगद्वारा प्रचण्डसँग स्पष्टीकरण माग

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। केही दिनअघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा रेनु दाहाललाई निर्वाचित नगराए देश दुर्घटनामा पर्छ भनि दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको हो। प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको पत्रमा उल्लेख गरिएको छ। आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। ‘माओवादी केन्द्रका अध्यक्षले आफ्नो दलको चुनाव …

पुरा पढ्नुहॊस »