कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार कुर्मीको निधन

काठमाडौँ । कपिलवस्तुमा एक उपमेयर पदकी उम्मेदवारको निधन भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदमा उम्मेदवार बनेकी शुभावति कुर्मीको गएराति निधन भएको हो ।

निवर्तमान उपमेयरसमेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको हृदयाघातका कारण निधन भएको हुनसक्ने अनुमान छ ।

उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आजको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको छ । निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रियाअघि बढ्ने जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए । कुर्मी महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खेल्दाखेल्दै खाल्टोमा खसेर २ किशोरीको मृत्यु, एक बेपत्ता

काठमाडौं । कञ्चनपुरमा खाल्टोमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । …

प्रतिकृया दिनुहॊस