तुलसीपुर उपमहानगर-१७ मा जेठ ३ गते मतदान हुने

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ। एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो ।

बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए। यसअघिको कार्यकालमा तुलसीपुर १७ को वडा सदस्य भएरसमेत काम गरेका थिए।

चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि दुई पटक नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको थियो। तर, त्यहाँ पनि सन्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो। त्यही उपचारको क्रममा उनको निधन भएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा जेठ ३ गते मतदानको समय तोकिएको छ। एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका लबरु चौधरीको निधन भएपछि स्थानीय निर्वाचन कार्यालयले ३० गते हुने मतदाता कार्यक्रमलाई स्थगन गरेर ३ गतेलाई तय गरिएको निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए।

उनले बुधवार र बिहीबार चुनावी प्रक्रियाको सबै काम पुरा गर्ने गरी कार्यतालिका प्रकाशन गरेको बताए। सम्बन्धित दलको आधिकारिक उम्मेदवारको मनोनयन हुँदै चुनाव चिन्न दिनेसम्मको काम सक्ने तयारी भएको बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस