काठमाडौं । काठमाडौंका ११ वटा स्थानीय तहमा नेकपा एमालेले अग्रता लिएको छ । २०७४ को चुनावमा एमालेले जितेको काठमाडौं महानगरपालिकामा अहिले स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले लिड गरिरहेका छन् । २ हजार ६ सय १ मत सहित अग्रता लिइरहेका बालेन्द्रलाई एमालेका केशव स्थापितले १ हजार ४ स य १५ मतसहित पछ्याइरहेका छन् । २०७४ मा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत प्राप्त गरेर जितेका थिए । बाँकी १० …
पुरा पढ्नुहॊस »काठमाडौंमा ६ वटा समूह बनाएर मतगणना सुरू
काठमाडौं महानगरपालिकामा मतगणनाका लागि ६ वटा समूह बनाइएको छ। आइतबार बिहानसम्म पाँच वटा टोलीले मतगणना गरिरहेकामा कार्यालय समय सुरू भएपछि एउटा टोली थप गरिएको हो। थप नयाँ समूहले काठमाडौं महानगरको वडा नम्बर ३१ को मतगणना सुरू गरेको छ। अहिलेसम्म वडा नम्बर १, २, ३, ४ र ३२ को गणना भइरहेकोमा एउटा पनि वडाको अन्तिम मतपरिणाम आइसकेको छैन । काठमाडौंको महानगरको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले नयाँ टोलीले मतगणना सुरू गरिसकेको …
पुरा पढ्नुहॊस »एमाले सचिव पद्मा अर्यालका श्रीमान् वडा सदस्यमै पराजित
एमालेकी केन्द्रीय सचिव पद्या अर्यालका श्रीमान् वडा सदस्यमै पराजित भएका छन्। उनका श्रीमान् लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ नगरपालिका-१ बाट सदस्यमा उठेका थिए। जिल्ला समन्वय समिति प्रमुख बन्ने आसमा वडा सदस्य चुनाव लडेका उनी करिब पाँच सय मतान्तरसहित सदस्यमै पराजित भएका हुन्। पौडेललाई हराएर कांग्रेसका सम्भव अर्याल निर्वाचित भएका छन्।
पुरा पढ्नुहॊस »कैलालीको तीन पालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई अग्रता
काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टीले तीन वटा स्थानीय तहमा अग्रता लिएको छ । प्रतिनिधिसभाका निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको छ । यी तीन पालिकामा सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेलाई समेत नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले पछि पारेका छन् । टीकापुर नगरपालिकामा चार हजार ४४९ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल थारु …
पुरा पढ्नुहॊस »काठमाडौं महानगर अपडेट: बालेन १०३० मत अन्तरले अगाडी
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा १ हजार ३० मतले अगाडि छन् । साहले २ हजार ४५७ मत ल्याएका छन् भने स्थापितले १ हजार ४२७ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १ हजार १६८ मत ल्याएकी छन् । काठमाडौँ महानगरको वडा नम्बर १,२,३,४ र ३२ को मतगणना सकिएको छ …
पुरा पढ्नुहॊस »अहिलेसम्म कुन पार्टीले कहाँ जिते ? (सूचीसहित)
काठमाडौं । स्थानीय तह निर्वाचनको मत गणना चलिरहेका बेला देशभरका १७ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । आज (आइतबार) बिहानसम्मको नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले ६/६ पालिकामा जित हात पारेका छन् । यसअघि एमालेले ६ पालिका जितेर पहिलो थियो । तर कांग्रेसले जित्ने क्रममा बढाउँदै लगेर बराबरी गरेको हो । यस्तै नेकपा माओवादी केन्द्रले पनि तीन पालिकामा जितेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिकामा जितेको छ । …
पुरा पढ्नुहॊस »काठमाडौँमा बालेनको अग्रता कायमै, सिर्जना सिंह तेस्रोमा
काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । ३ हजार ६ सय २७ मत गणना हुँदा ३ सय ५७ मत ले अगाडि देखिएका हुन् । पछिल्लो मत परिणामअनुसार साहले १२२८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले ८७१ मत प्राप्त गरी उनलाई पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ६९९ मत प्राप्त गरेकी छन् । यसैगरी एमालेबाट …
पुरा पढ्नुहॊस »पोखरामा अग्रता बढाउँदै गठबन्धन, कसको कति मत ?
काठमाडाैँ । पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामहनुसार गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । त्यहाँ गठबन्धनबाट मेयरका उम्मेदवार एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले ४४८ ४०६ मत पाएर अग्रता बनाइरहेका हुन् । १ सय मत गणना हुँदा मेयरका उम्मेदवार एमालेका कृष्ण थापाले ३८३ मत पाए । उपमेयरमा कांग्रेसकी काँग्रेसकी कोपिला रानाभाटले ४९६ तथा एमालेकी मञ्जुदेवी गुरूङले ४०४ मत पाएकी छन् ।
पुरा पढ्नुहॊस »भरतपुरमा मतान्तर बढाउँदै रेनु, यस्तो छ पछिल्लो मतपरिणाम
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । आइतबार बिहानसम्म २५८१ गन्दा रेनुले ९८० मत पाएकी हुन् । एमालेबाट मेयर उम्मेदवार विय सुवेदीले ८७१ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११०१ तथा राप्रपाकी हिमला गुरुङले १०१९ मत पाएकी छन् ।
पुरा पढ्नुहॊस »आयल निगमले बढायाे पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १७० रूपैयाँ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजेल १५४ प्रति लिटर कायम भएको छ। शनिबार रातिदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
पुरा पढ्नुहॊस »