Tag Archives: mainnews

बुटवल उपमहानगरमा कांग्रेसको अग्रता, राप्रपा दोस्रोमा

काठमाडौँ । बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ । वडा नम्बर १ को २ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार अगाडि देखिएका हुन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका खेलराज पाण्डेले ७३ मतसहित अग्रता लिएका छन् भने ४५ मतसहित राप्रपाका मृगेन्द्र शेरचन उनलाई पछ्याइरहेका छन् । त्यहाँ नेकपा एमालेका बाबुराम भट्टराईले ३३ मत पाएका छन् । वडा नम्बर १ मा १ हजार ९ सय …

पुरा पढ्नुहॊस »

कांग्रेसले खोल्यो जितको खाता, नार्पाभूमिमा लामा विजयी

काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिकाबाट नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । नार्पाभूमिको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका हुन् । उनले १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि अध्यक्ष बने । प्रतिद्वन्द्व स्वतन्त्रका कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन् । यसअघि उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा कांग्रेस, स्वतन्त्र लगायतले …

पुरा पढ्नुहॊस »

एमालेको विजयी सुरुवात, चामेको अध्यक्षमा घले विजयी

काठमाडौँ । मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन् । उनी ३२० महितसहित अध्यक्ष पदमा पुनः बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाइन् ।

पुरा पढ्नुहॊस »

६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान

निर्वाचन आयोग नेपालले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ। आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको र यो संख्या बढ्न सक्ने जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै निर्वाच्न आयोग नेपालका प्रमुख निर्वाच्न आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए । उनले अझै केही स्थानमा मतदान कार्य जारी रहेकाले यसमा बढोत्तरी हुनसक्ने बताए। प्रमुख निर्वाचन आयुक्त …

पुरा पढ्नुहॊस »

शान्तिपूर्णरूपमा मतदान सम्पन्न, सहरी क्षेत्रमा आजैदेखि मतगणना सुरु हुने

निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ। आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई मतदान अवरुद्ध भएको र स्थगनको विस्तृत विवरण आउन बाँकी रहेको जनाउँदै अधिकांश स्थानमा मतदान सम्पन्न भएको बताए। उनले साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिए पनि सो समयमा मतदान केन्द्रमा प्रवेश गर्ने …

पुरा पढ्नुहॊस »

डा.बाबुराम भट्टराईसँग स्पष्टीकरण माग

मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ। डा. भट्टराईले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको कसूर गरेका भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। डा. भट्टराईले आज बिहान मतदान गर्ने क्रममा गोप्य मतदान गर्ने ठाउँबाट निर्वाचन चिह्नमा छाप लगाएको …

पुरा पढ्नुहॊस »

मतदानको निर्धारित समय सकियो

स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ। निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ। देशभर शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो। निर्वाचनमा कति प्रतिशत मत खसेको हो भन्ने अन्तिम विवरण आउन बाँकी रहेको छ। अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको निर्वाचन आयोगले जनाएकाे छ। …

पुरा पढ्नुहॊस »

आजै साँझबाट मतगणना सुरु हुने

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ। आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। बिहान ७ बजेदेखि सुरु भएको …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचन : दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर

आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ। २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। त्यो अवधिसम्ममा विभिन्न जिल्लामा ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको छ। दुई पक्षबीच झडप, विवादका कारण ति क्षेत्रको मतदान प्रभावित भएको हो। झडपको स्थिति नियन्त्रणमा लिनलाई प्रहरीले १२ ठाउँमा हवाइ फायर गरेको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको …

पुरा पढ्नुहॊस »

काभ्रेकाे पाँचखाल-१३ मा मतदान स्थगित

काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ। मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो । आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ। मतदानस्थल नै तहसनहस बनाइएको छ । मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको भन्दै सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै …

पुरा पढ्नुहॊस »