उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सर्वदलीय बैठकले पुन: निर्वाचनको माग गरेको छ। सोमबार (आज) बसेको सर्वदलीय बैठकले पालिकाका केही ठाउँमा स्वच्छ निर्वाचन नभएको भन्दै फेरि निर्वाचनको माग गरेको हो। ‘नेपाली कांग्रेसले वडा नम्बर ३ काे सिरिङ्गी हिमालीको बुथमा, माओवादीले वडा नम्बर २ को ल्हो आधारभुत विद्यालयको बुथमा पुन: निर्वाचन हुनुपर्छ भन्यो। अनि एमालेले पनि सबै पालिकामा नै स्वच्छ भएको छैन्, त्यसो भए पालिकाभरि नै फेरि गरौँ भन्यो’, एमालेको तर्फबाट वडा नम्बर …
पुरा पढ्नुहॊस »नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश प्रस्थान
नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किएका छन्। एघार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज बिहान यहाँ नेपाल आएका थिए। लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक बिदाइ गरे। भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, भौतिक …
पुरा पढ्नुहॊस »संसद्काे ११औँ अधिवेशन मंगलबारदेखि सुरु हुँदै
संघीय संसद्को ११औँँ अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । १५ जेठमा आर्थिक वर्ष २०७९/०८० को आयव्यय (बजेट) प्रतिनिधिसभामा पेस गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले मंगलबार ११औँ अधिवेशन आह्वान गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको ११औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद्का महासचिव डा. …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः ७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७८५ नमूना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १३९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय काेरोनाविरुद्धको खोप लगाउनेको संख्या शून्य रहेको छ।
पुरा पढ्नुहॊस »भक्तपुर नगरका सबै वडा र मेयर/उपमेयरमा नेमकिपा विजयी
भक्तपुर नगरपालिकाको मेयरमा करिब नाै गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार दुई सय मत पाएका छन् । उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मतमा सिमित भए। त्यस्तै, उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९ हजार ६ सय ९५ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७ सय …
पुरा पढ्नुहॊस »‘चुनावकाे नतिजाले एमाले अत्तालियो’ : कांग्रेस
नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ। ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्वारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। निर्वाचनमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्तिले एमाले अत्तालिएको कांग्रेसले बताएको छ। …
पुरा पढ्नुहॊस »ठूलोभेरीको मेयरमा कांग्रेसका स्वर्णबहादुर विजयी
डाेल्पा । डोल्पाको ठूलीभेरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा विजयी भएका छन् । उनीले १ हजार २ सय ८६ मत ल्याएर उनी मेयर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कर्णबहादुर रोकायाले ९ सय ४५ मत पाएका छन्। उपप्रमुखमा पनि कांग्रेसकै छिरिङ डोल्मा महतले ८ सय ४८ ल्याएर निर्वाचित भएकी छन्।
पुरा पढ्नुहॊस »भारतीय प्रधानमन्त्री नेपालमा, लुम्बिनीमा प्रधानमन्त्री देउवाले गरे स्वागत
काठमाडाै । बुद्ध पूर्णिमाको अवसरमा सोमवार आज लुम्बिनी आइपुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट हेलिकप्टरमा लुम्बिनी आइपुगेका मोदीलाई प्रधानमन्त्री देउवा तथा अन्य मन्त्रीहरूले स्वागत गरेका छन्। लुम्बिनी आइपुगेलगत्तै मोदीले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा नेपाली भाषामा ट्वीट गरी नेपाल आएकाे जानकारी दिएका छन् ।
पुरा पढ्नुहॊस »भारतीय प्रधानमन्त्री मोदीले भने, ‘न्यानो स्वागतको लागि धन्यवाद’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । उनले लुम्बिनी आइपुगेको केही समयपछि सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन्, ‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु ।’ भारतीय प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा विहान लुम्बिनी आएका हुन्। बुद्ध जयन्तीको अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी आएका हुन्। लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए। त्यसपछि दुवै देशका प्रधानमन्त्रीले …
पुरा पढ्नुहॊस »११७ पालिकाको अन्तिम नतिजा सार्वजनिक, कांग्रेस अग्रस्थानमा
स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा आउने क्रम जारी रहेको छ। अहिले देशभरका विभिन्न स्थानीय तहको मतगणना जारी छ। केही स्थानहरुमा नतिजा आइसकेको छ भने केही स्थानमा आउने क्रममा छ। स्थानीय तह सदस्यको निर्वाचनमा काठमाडौं महानगर र भरतपुर महानगरपालिकालाई विशेष चासोका साथ हेरिएको छ । अहिले यी दुई महानगरमा मतगणना कार्य जारी छ । निर्वाचन आयोगले जेठको ५ गतेसम्म मतगणना कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ। मत गणनाको प्रारम्भिक …
पुरा पढ्नुहॊस »