काठमाडाैँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५ सय ६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । जजिराले मंगलबार बिहान २ः३० बजेको समयमा नेपालबाट यात्रु बोकी …
पुरा पढ्नुहॊस »विवेकशील साझाले भन्यो- ‘अपेक्षाकृत नतिजा आएन, हामी अत्यन्तै दुःखी छौँ’
काठमाडौँ । विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा अत्यन्तै दुःखी भएको बताएको छ । पार्टी प्रवक्ता शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गर्दै सिकाइका आधारमा केही निर्मम समीक्षा र निर्णय हुने बताएका हुन् । विवेकशील पराजितका विषयमा टीकाटिप्पणी भइरहेका बेला पाठकले भनेका छन्, ‘कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अङ्गीकार गरेको “विचारभन्दा माथि देश” दस्ताबेजको भूमिका रहेको विश्लेषण गरिरहेका छन्। अहिले …
पुरा पढ्नुहॊस »गौतमबुद्ध विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान
काठमाडाैँ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् । यही क्रममा आज बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेको छ । निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट कुबेत ट्रान्जिट गरी …
पुरा पढ्नुहॊस »भरतपुरमा रेनु दाहालले गरिन् लिड
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र एमाले-राप्रपाका साझा उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा देखिएको छ । केही बेरअघिसम्म अगाडि रहेका सुवेदी अहिले पछि पारेका छन् । उनी दाहालभन्दा ३ मतले पछि छन् । त्यहाँ १० हजार २०६ गन्दा दाहालले ३ हजार ५७८ मतसहित अग्रता लिएकी हुन् भने सुवेदीले ३ हजार ५७५ मत पाएका छन् । गठबन्धनको बागी उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत …
पुरा पढ्नुहॊस »एमालेलाई चन्द्र भण्डारीको जवाफ- ‘हारलाई स्वीकार गर्नुपर्छ’
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले हारलाई स्वीकार गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत नेकपा एमालेको विज्ञप्तिको जवाफ फर्काउँदै उनले यस्तो बताएका हुन् । आइतबार एमालेले सत्ता गठबन्धनले तीन चरणमा धाँधली गरेको आरोप लगाएको थियो । त्यसको जवाफमा नेता भण्डारीले जनताको मतलाई अपमान गर्न नहुने बताएका छन् । ‘हारलाई स्वीकार गर्नुपर्दछ । जनताको मत लाई अपमान गर्नुहुँदैन,’ उनले भनेका छन्, ‘कमजोरी खोजौँ आफूलाई बदलौँ । समयलाई चिनौँ युवाहरूको …
पुरा पढ्नुहॊस »भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै, यस्तो छ कार्यतालिका
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन् । प्रधानमन्त्रीको रूपमा पाँचौँ पटक नेपाल आउन लागेका मोदी सिधै लुम्बिनी आएर त्यहीँबाट सोही दिन स्वदेश फर्कने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । तय कार्यक्रमअनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरबाट बिहान ११ बजे लुम्बिनी आउने छन् । हेलिकप्टरबाट ओर्लिएपछि उनी सिधै मायादेवीको मन्दिर जाने …
पुरा पढ्नुहॊस »विराटनगरमा मेयरमा गठबन्धन अगाडि, उपमेयरमा एमाले
काठमाडाैँ । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका नागेश कोइरालाले ४५३१ मत ल्याउँदा नेकपा एमालेका सागर थापाले ३३१५ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवको लालटिनले १३६९मत प्राप्त गरेको छ । उपमेयर पदको लागि नेकपा एमालेको शिल्पा कार्कीले ३७६३ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले २४२५ मत प्राप्त गरेका छन् । राप्रपाकी विन्दाकुमारी लुइँटेलले ९५४ मत …
पुरा पढ्नुहॊस »पोखरामा ४६ सय गणना सकिँदा गठबन्धनकाे अग्रता कायमै
पोखरा महानगरपालिका मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ६३ मत ल्याएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १, २, १२, २३, २४ र २५ को ४ हजार ६ सय मतगणनामा आचार्यले १२६ मतले अग्रता लिएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले १ हजार ९३७ मत ल्याएर पछ्याइरहेका छन् । मेयर तर्फ राप्रपाका शंकर खरालले २२३, स्वतन्त्र गनेश पौडेलले ११८ मत प्राप्त गरेका छन् …
पुरा पढ्नुहॊस »भरतपुरमा अग्रगतिमा एमालेका विजय सुवेदी
चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । उनले २५ सय ४९ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले २५ सय ३० मत ल्याएकी छन् । विजयले १९ मतको अग्रता लिएका हुन् । स्वतन्त्र उम्मेदवरा जगन्नाथ पौडेलले ८ सय ३० मत ल्याएका छन् । याेसँगै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २७ सय ६९ र राप्रपाकी हिमला गुरुङले १९ सय ७५ मत ल्याएकी छिन् ।
पुरा पढ्नुहॊस »हालसम्म ३६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते ?
स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ३६ पालिकाको परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका ३६ वटा पालिकामध्ये १५ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ। एमालेले १८८ पालिकामा अग्रता लिएको छ । नेपाली कांग्रेसले ११ वटाको प्रमुखमा जित हासिल गरेको छ भने २५२ पालिकामा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्रले ८ वटा पालिकामा जित हात पार्दा १०१ पालिकामा अग्रता बनाएको छ । एकीकृत समाजवादीले २ पालिकामा जित …
पुरा पढ्नुहॊस »