Tag Archives: mainnews

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौं । बालेन काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साह (बालेन) र उपमेयरमा सुनिता डंगोल निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मत गणनामा अनुसार स्वतन्त्र उम्मेदवार साह कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै देशको राजधानी शहर काठमाडौंको मेयरमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन् । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचनकाे परिणामले दलहरुलाई सचेत गराएको छः उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई सचेत गराएको बताएका छन् । आज चितवनमा पत्रकारसँगको कुराकानीमा काठमाडौँलगायत केही स्थानको मतपरिणामले दलहरुलाई केही सङ्केत गरेको चर्चा गर्दै उनले भने, “स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई जनताले टाढा राख्न खोजेको नभइ केही ठाउँको निर्वाचनको परिणामले भने राजनीतिक दल र दलको जिम्मेवारीमा रहेका नेतालाई भने सचेत गराएको छ।” स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको र अब दलहरुले अहिलेको निर्वाचनले गरेको सङ्केतलाई …

पुरा पढ्नुहॊस »

आजदेखि भक्तपुरमा पनि मेलम्चीको पानी वितरण

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नं १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरुपमा साँचो खोली मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरिएको हो । सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र …

पुरा पढ्नुहॊस »

फेरि मतदानको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिट ‘हेर्न नभ्याइने’मा राखिएको छ । समय अभावका कारण सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिए पनि अन्ततः हेर्न नभ्याइनेमा राखिएको हो। रिट निवेदक बलदेव चौधरी हुन् । उनी त्रियुगा नगरपालिकाको निवर्तमान प्रमुखसमेत हुन् । निर्वाचन आयोग कान्तिपथ काठमाडौंलाई विपक्षी बनाउँदै दायर रिटमार्फत उनले जनप्रेमी आधारभूत मतदान केन्द्रमा फेरि …

पुरा पढ्नुहॊस »

इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् । ‘म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु। एउटा प्रधानमन्त्रीले पहिला प्रतिवेदन बुझ्नु पर्‍यो नि । संयुक्तरूपमा बनाएको इपीजी समूहको प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्यूले बुझ्नुस् । त्यसमा के छ सदनलाई जानकारी गराउनुस् । दुवैतर्फको (नेपाल-भारत) …

पुरा पढ्नुहॊस »

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम एक अर्बमुनि खुम्चियो

सेयर बजार नेप्से परिसूचक बिहीबार सामान्य अंकले वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक ८.०३ अंकले वृद्धि भई नेप्से २२ सय ३९ दशमलव ६ अंकमा पुगेर बन्द भएको छ। नेप्सेमा कारोबार रकम भने एक अर्बभन्दा मुनि खुम्चिएको छ। नेप्सेमा बिहीबार २३ लाख २४ हजार ६ सय ६४ कित्ता सेयर किनबेच भई ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बुधबार एक अर्ब चार करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार …

पुरा पढ्नुहॊस »

निर्वाचन निष्पक्ष र भयरहित हुन सकेन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावमा व्यापक धाँधली भएको बताएका छन् । प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको बताएका हुन् । ओलीले मतदाताको हत्या भएको, उम्मेदवारको घरमा विष्फोट गराइएको बताउदै निर्वाचनमा प्रतिपक्षी दलमाथि व्यापक आक्रम भएको आरोप लगाएका छन् । निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि नतिजा नआएको बताउदै …

पुरा पढ्नुहॊस »

७४९ पालिकाको नतिजा आयो, सातै प्रदेशमा कांग्रेस पहिलो

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । यो समाचार तयार पार्दासम्म ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिकासहित ४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ । कांग्रेस …

पुरा पढ्नुहॊस »

दैलेखमा बस दुर्घटना हुँदा चारको मत्यु, आठ घाइते

काठमाडाैँ । दैलेखमा गए राति बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् । बुधबार राति दैलेखको आठबीस नगरपालिका-२ सिस्नेमा म १ ख ६६० नम्बरको बस सडकबाट कर्णाली नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस मुगुबाट नेपालगञ्ज जाँदै थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेप्रसाद साहका अनुसार मृतकको सनाखत हुन बाँकी छ । खचाखच यात्रुले भरिएको बस तीव्रगतिको …

पुरा पढ्नुहॊस »

सेन्ट लरेन्समा आन्दोलन रोकेर पठनपाठन सुचारु गर्ने सहमति

काठमाडौँ । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा आन्दोलन रोकेर पठनपाठन सुचारु गर्ने सहमति भएको छ । शिक्षकबाट यौन दुर्व्यवहारमा परेकी नाबालिकाका अभिभावक, कलेज प्रशासन र विद्यार्थीबीच भएको छलफलपछि पठनपाठन सुचारु गर्ने सहमति भएको हो । बुधबार प्रहरी वृत्त गौशालामा पीडित परिवार, विद्यार्थी र कलेज प्रशासनले आजदेखि पठनपाठन सुचारु गर्ने सहमति गरेको बताइन्छ । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेपछि विद्यार्थी र उनीहरुका अभिभावकले कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र शिक्षक राजन पौडेलविरुद्ध …

पुरा पढ्नुहॊस »