Tag Archives: mainnews

पोखरा महानगरको प्रमुखमा धनराज आचार्य र उपप्रमुखमा एमालेकी गुरुङ विजयी

कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन्। आचार्यले ५८ हजार ८९३ मत पाए । थापाले ५२ हजार ८४८ मत प्राप्त गरे। पोखरामा कुल एक लाख ४३ हजार २२६ मत खसेको थियो । त्यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनले गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला …

पुरा पढ्नुहॊस »

ललितपुर महानगरकाे मेयरमा चिरिबाबु महर्जन विजयी

ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका छन् ।उनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गरेका हुन् । ललितपुरमा ८६ हजार ५४० मत खसेकोमा महर्जनले ४२ हजार ७२२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५६० मत ल्याउन सफल भए । उपमेयरमा भने एमालेकी मञ्जली शाक्य विजयी भएकी छन् । शाक्यले गठबन्धनबाट माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई ६ हजार ३३२ मत अन्तरले हराइन् । शाक्यले २५ हजार ८४ …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

सार्वजनिक यातायातको भाडा फेरि बढेको छ। सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै लामो दूरीका सवारीसाधनको भाडादर बढेको हो। यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा वृद्धि भएको छ। विभागका अनुसार वृद्धि भएको भाडादर मंगलबारबाटै लागू हुने भएको छ।

पुरा पढ्नुहॊस »

सरकारले फास्ट ट्रयाक समयमै सक्ने गरि काम अघि बढाउने (नीति तथा कार्यक्रमकाे पूर्णपाठ)

सरकारले तराई मधेश–काठमाडौं फास्ट ट्रयाक समयमै सक्ने गरि काम अघि बढाउने भएको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समयमै फास्ट ट्रयाकको काम सक्नेगरि कार्य अघि बढाइने जानकारी दिइन् । २०८१ सालभित्र फास्ट ट्रयाक सक्ने सरकारले लक्ष्य लिएको छ। जिल्ला सदरमुकाम जोड्ने सडकलाई चारलाइनमा विस्तार गरिने उनले बताइन् । काठमाडौंका सम्भाव्य स्थानमा फ्लाइओभर निर्माण गरिने सरकारको …

पुरा पढ्नुहॊस »

सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने

सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने जनाएकी हुन् । विज्ञान, गणित, अंग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरि सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने उनले उल्लेख गरेकी छन् । त्यस्तै, गुणस्तरीय शिक्षाको राष्ट्रिय मानक निर्धारण गर्ने विशिष्टीकृत नमुना विद्यालय सञ्चालनमा ल्याइने सरकारको नीति तथा कार्यक्रममा समावेश छ। …

पुरा पढ्नुहॊस »

भरतपुरको मेयरमा रेनुको कमब्याक, उपमेयर बने चित्रसेन

काठमाडौँ । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरिन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक …

पुरा पढ्नुहॊस »

वीरगन्जको मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरको मेयर र उपमेयर पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बने । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरे । आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह मधेश प्रदेशको एकमात्र महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । यसैगरी उपमेयरमा …

पुरा पढ्नुहॊस »

सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, कस्ता आउलान् नयाँ कार्यक्रम ?

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । गठबन्धन सरकारको तर्फबाट आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको नीति तथा कार्यक्रमप्रति आम नागरिकको चासो उत्तिकै बढेर गएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न सङ्घीय संसद्को बैठक आज अपराह्न ४ …

पुरा पढ्नुहॊस »

भरतपुरमा रेनुको विजय सुनिश्चित, गन्न बाँकी मतभन्दा बढीको मतान्तर

काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । मत गणनाका लागि बाँकी रहेको मतभन्दा उनको प्रतिद्वन्द्वीसँगको मतान्तर बढी रहेको छ । पछिल्लो विवरणअनुसार भरतपुरमा कुल खसेको मत एकलाख २७ हजार ८३९मध्ये एक लाख १६ हजार ६६६ मत गणना भइसकेको छ । त्यसमध्ये दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने विजयी सुवेदीले ३५ हजार ५८३ मत प्राप्त गरेका छन् । …

पुरा पढ्नुहॊस »

जनकपुरधामको मेयरमा ‘विद्रोही’ उम्मेदवार साह निर्वाचित

काठमाडाैँ । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बागी (विद्रोही) उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन । स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह (हिरा) ले ९,५३२ मत ल्याएका छन् । मनोज ३,९३३ मतान्तरले विजयी भएका हुन् । गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका लालकिशोर साहले ५,१९४ मत ल्याएका छन् । लालकिशोर …

पुरा पढ्नुहॊस »