दैलेखमा बस दुर्घटना हुँदा चारको मत्यु, आठ घाइते

काठमाडाैँ । दैलेखमा गए राति बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।

बुधबार राति दैलेखको आठबीस नगरपालिका-२ सिस्नेमा म १ ख ६६० नम्बरको बस सडकबाट कर्णाली नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस मुगुबाट नेपालगञ्ज जाँदै थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेप्रसाद साहका अनुसार मृतकको सनाखत हुन बाँकी छ । खचाखच यात्रुले भरिएको बस तीव्रगतिको कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री