Tag Archives: mainnews

यौन हिंसा उजुरीको हदम्याद हटाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता

काठमाडौं । यौन हिंसा उजुरीको हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सांसद् कमला पन्तको प्रस्तावमा विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह, शेखर कुमार सिंह, गंगा कुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरेका हुन् । यौन हिंसा सम्बन्धी उजुरीका लागि रहेको विद्यमान हदम्याद सम्बन्धी व्यवस्था हटाउन माग संकल्प प्रस्ताव दर्ता गराएका हुन् । हदम्यादका कारण पीडितले …

पुरा पढ्नुहॊस »

यी हुन् नेपालले १० महिनामा सबैभन्दा बढी रकम खर्चेर आयात गरेको १० वस्तु

काठमाडाैं । नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यन्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो रकम बाहिरीने गरेको छ । यसले देशको अर्थतन्त्रलाई समेत असर गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले सबैभन्दा बढी रकम खर्चेर आयात गरेका वस्तुमा पर्छन्- डिजेल, पेट्रोल, एलपीजी ग्यास, कच्चा भटमास तेल, फलाम, मोबाइल फोन, कच्चा पाम तेल, खोप, कोइला र …

पुरा पढ्नुहॊस »

हारको कुण्ठा कांग्रेसलाई नपोख्न केपी ओलीलाई मिनेन्द्रको आग्रह

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी ओलीलाई पराजयको कुण्ठा कांग्रेसलाई नपोख्न आग्रह गरेका छन्। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदा उनले एमाले अध्यक्ष ओलीलाई स्थानीय तह निर्वाचनमा भएको पराजयको कुण्ठा कांग्रेसमाथि नपोख्न आग्रह गरेका हुन् । आफ्नै पार्टी जोगाउन नसकेर स्थानीय तहमा एमाले पराजित भएको भन्दै उनले गठबन्धनको सहारामा नभएर कांग्रेसले आफ्नै जनाधारले निर्वाचित भएको बताए । कांग्रेसको भन्दा एमालेले कहिल्यै पनि …

पुरा पढ्नुहॊस »

सरकारका नीति तथा कार्यक्रम राष्ट्रियसभाद्वारा पारित

राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफसमेत दिएका थिए । नीति तथा कार्यक्रममाथि परेको संशोधनको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । सांसदहरु डा बेदुराम भुसाल, …

पुरा पढ्नुहॊस »

नैनसिंह महर भन्छन्, ‘बजेटमार्फत शिक्षा, स्वास्थ्य निःशुल्क गरौं’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आगामी बजेटमार्फत शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्न सरकारसँग आग्रह गरेका छन्। संविधान कार्यान्वयनको चरणमा रहेको र संविधानमै शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्ने कुरा उल्लेख गरिएको स्मरण गराउँदै महरले संविधानको कार्यान्वयनका लागि शिक्षा र स्वास्थ्यलाई यसै बजेटमार्फत निःशुल्क गर्न आग्रह गरेका हुन्। शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय सदस्य महरले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गरे राज्यको दायित्व पूरा हुनाका साथै संविधानमा उल्लेख गरिएको समाजवादको आधार …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचन : ४१.४२ प्रतिशत महिला निर्वाचित, कुन प्रदेशमा कति ?

हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा १४ हजार ४०७ जना महिला उम्मेदवार विजयी भएका छन्। आयोगका अनुसार कूल विजयी उम्मेदवारमध्ये महिलाको संख्या ४१.२१ प्रतिशत रहेको छ। हालसम्म देशभर पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा ३४ हजार ९५३ जना उम्मेदवार विजयी बनिसकेका छन् । अब २६८ जनप्रतिनिधि निर्वाचित हुन बाँकी रहेको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा …

पुरा पढ्नुहॊस »

सर्वोच्च अदालतको फैसलाविरूद्ध बारामा प्रदर्शन

सर्वोच्च अदालतकाे पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुश प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दल मध्येको एक माओवादी केन्द्रले राँके जुलुश प्रदर्शन गरेको हो। माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भन्दै बिहीबार राति राँके जुलुशसहित विरोध प्रदर्शन गरेको हो । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा विमान चाप थेग्न नसकेको भन्दै विगत लामो समयदेखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण …

पुरा पढ्नुहॊस »

जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको छु : बालेन साह

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताएका छन्। शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको बताए । उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धतासमेत जनाए । उनले भने, ‘काठमाडौं महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ । हामी सबै मिलेर अब …

पुरा पढ्नुहॊस »

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी

काठमाडाैं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । खाँणले एमाले उम्मेदवार मोहन चापागाइँलाई ७६५ मत अन्तरले पराजित गरेका हुन् । खाँणले २४ हजार ३९६ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार चापागाइँले २३ हजार ६३१ मत प्राप्त गरेका छन् । उपमेयरमा भने फराकिलो मतान्तर सहित एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरी विजयी भएकी छिन् । चौधरीले २३ हजार ८६ मत प्राप्त गरेकी छन् । उनका …

पुरा पढ्नुहॊस »

स्थानीय तहमा १४ हजार ४०२ महिला निर्वाचित

काठमाडौँ । स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त संख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९ महिला उम्मेदवार रहेका थिए । कूल ७५३ स्थानीय तहमा ३५ हजार २२१ पद रहेका छन् । निर्वाचन आयोगको सूचना प्रणालीमा आज साँझसम्म प्रविष्ट भएको परिणामअनुसार तीन वटा पालिकामा …

पुरा पढ्नुहॊस »