इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् ।

‘म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु। एउटा प्रधानमन्त्रीले पहिला प्रतिवेदन बुझ्नु पर्‍यो नि । संयुक्तरूपमा बनाएको इपीजी समूहको प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्यूले बुझ्नुस् । त्यसमा के छ सदनलाई जानकारी गराउनुस् । दुवैतर्फको (नेपाल-भारत) संयुक्त प्रतिवेदन हो त्यो, सहमतिको प्रतिवेदन हो, मतभेद छैन ।’

नेपाल र भारत सरकारले संयुक्तरूपमा नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरि सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीले आग्रह गरेका हुन् । उक्त प्रतिवेदन दुवै देशका सरकारले हालसम्म बुझेका छैनन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस