निर्वाचन निष्पक्ष र भयरहित हुन सकेन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावमा व्यापक धाँधली भएको बताएका छन् । प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको बताएका हुन् ।

ओलीले मतदाताको हत्या भएको, उम्मेदवारको घरमा विष्फोट गराइएको बताउदै निर्वाचनमा प्रतिपक्षी दलमाथि व्यापक आक्रम भएको आरोप लगाएका छन् । निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि नतिजा नआएको बताउदै उओलीले चुनावमा गठबन्धनले एमालेको पत्तासाफ गर्ने घोषित नीति नै बनाएर निर्वाचन गरिएको आरोप लगाएका हुन् ।

ओलीले नीति तथा कार्यक्रममा उल्लेख भएजस्तो निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा नभएको जिकिर गरेका छन् । ओलीले सरकार र सत्तारुढ दलका कार्यकर्ता चुनावमा बुथ कब्जा गर्नेदेखि प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिएको आरोप लगाए । सत्तारुढ दलका कार्यकर्ता र सरकारले प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिने प्रहरीलाई नै परिचालन गरेको ओलीको आरोप छ ।

धाँधलीपूर्ण निर्वाचन गराएको बताउँदै उनले प्रमुख प्रतिपक्षी दलका कारण कुनै पनि केन्द्रको निर्वाचन स्थगित नभएको दाबी गरे । ‘प्रतिपक्षी दलका कारण कतै पनि निर्वाचन स्थगित भएन,’ ओलीले भने, ‘तर, राज्य संयन्त्र प्रयोग गरेर निर्वाचनमा धाँधली गरियो । पञ्चायतकालमा पनि नभएको धाँधली यसपटक गरियो ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस