काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए । राष्ट्रिय परीक्षा बोर्ड एसइई (कक्षा १०)का …
पुरा पढ्नुहॊस »साउनदेखि पेट्रोलियमको मूल्य पूर्ण स्वचालित प्रणालीमा
काठमाडौँ । पेट्रोलियममा अब स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आउँदो साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको हो । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममासमेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख छ । सोहीअनुरूप स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । यसअघि २०७१ असोज २४ देखि पेट्रोलियममा स्वचालित मूल्य प्रणाली लागू …
पुरा पढ्नुहॊस »आज अन्तर्राष्ट्रिय योग दिवस : यी हुन् योगाभ्यासका फाइदा
काठमाडौँ । ‘मानव जीवनका लागि योग’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औं महासभामा योग सबैका …
पुरा पढ्नुहॊस »सातवटै प्रदेशमा वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने
काठमाडाैँ । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा मौसम …
पुरा पढ्नुहॊस »निजगढ विमानस्थलको निर्माण रोक्नुपर्ने निर्णय उचित नभएको ठहर
काठमाडौँ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिएको ठहर गरेको छ । आइतबार समितिले पारित गरेको वार्षिक प्रतिवेदन २०७९ यस्तो ठहर गरिएको छ । ‘नेपालको राष्ट्रिय हित अनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै पनि दृष्टिबाट …
पुरा पढ्नुहॊस »मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान
काठमाडाैँ । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो । मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भने, ‘यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्छ ।’ मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी …
पुरा पढ्नुहॊस »पेट्रोलको भाउ २१ र डिजेल/मट्टीतेलको २७ रूपैयाँ बढ्यो, यस्तो छ नयाँ मूल्य
काठमाडाैँ । नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ बढाएकाे हाे । अब प्रतिलिटर पेट्रोल १९९ र डिजेल मट्टितेल १९२ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हवाइ इन्धन (आन्तरिक र बाह्य) को मूल्य पनि सरकारले बढाएको छ । हवाइ इन्धन …
पुरा पढ्नुहॊस »देशभर मनसुन फैलिन अझै केही दिन लाग्ने
काठमाडौँ । मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई-तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । पौडेलकाअनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तरप्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ । …
पुरा पढ्नुहॊस »नेपाल र विश्व बैंकबीच हालसम्म ३ अर्ब डलर बराबरको वित्तीय सहकार्य
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्रालयमा आइतबार बिहान भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको छ,’ भेटमा उनले भने । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ …
पुरा पढ्नुहॊस »भीम रावलको प्रश्न- एसपीपीमा सहभागी हुन्नौं भनेर अहिलेसम्म पत्र किन नलेखेको ?
काठमाडौं । एमाले सांसद भीम रावलले अमेरिकन सहयोग कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा सहभागी नहुने भनेर सरकारले अझै पत्र नलेखेको भन्दै आपत्ति जनाएका छन् । एसपीपीमा नेपाल सहभागी हुन नसक्ने भनेर अहिलेसम्म पत्र नलेखेको भन्दै रावलले प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सबन्ध समितिले नै सरकारलाई पत्र लेख्नका लागि निर्देशन दिनुपर्ने मागसमेत गरेका छन् । ‘एसपीपीबारे प्रधानमन्त्री स्वयंबाट जवाफ माग गरिरहेका थियौं, समितिको बैठकमा जवाफ दिन प्रधानमन्त्री आउन पर्दैन ? उहाँ नआउँदा आशंका …
पुरा पढ्नुहॊस »