काठमाडौँ । पुँजी बजार सुधार संघर्ष समिति र धितोपत्र बोर्डबीच पुँजी बजार सुधारका लागि १९ बुँदे सम्झौता भएको छ । सम्झौतापछि पुँजी बजार विस्तार तथा सुधारका लागि भन्दै विभिन्न माग राखेर आमरण अनसनमा बसेका पूर्व पत्रकार एवं सेयर लगानीकर्ता तीलक कोइरालाले अनशन तोडेका छन् ।
१ असारदेखि अनुसनमा बसेका कोइरालाले सम्झौतापछि शुक्रबार तनशन तोडेका हुन् । सम्झौता पत्रमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र संघर्ष समितिका कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौता भएका विषयलाई कार्यान्वयनमा लागि बोर्ड र समितिमा प्रतिनिधि रहने गरी संयुक्त समितिसमेत गठन गरिएको छ ।
समितिमा बोर्डका कामु कार्यकारी निर्देशक विनयदेव आचार्य र मुक्तिनाथ श्रेष्ठ रहेका छन् । समितिबाट रोहन कार्की र एसपी चौलागाईं रहेका छन् ।
तपाईंको प्रतिकृया




