पेट्रोलियम कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन

काठमाडौँ । पट्रोलियम पदार्थमा लगाइएको कर आधा घटाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार बसेको बैठकपछि समितिले यस्तो निर्देशन दिएको हो ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेपछि यसमा सरकारले लगाएको कर हट्नु पर्ने आवाज उठिरहेका बेला समितिले यस्तो निर्देशन दिएको हो । उक्त समितिअन्तर्गतको बजार अनुगमन उपसमितिले पेट्रोलियममा लाग्दै आएको कर ५० प्रतिशतले घटौती गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री