Tag Archives: mainnews

उम्मेदवारविरूद्ध उजुरी आज लिइने, यस्तो छ अन्य तालिका

काठमाडौं । उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारविरूद्ध आज उजुरी लिइने भएको छ । निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ । आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज सांस्कृतिक कार्यमा सरिक भइने छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगार : अवसर र चुनौती 

आयआर्जन गर्नका लागि आफ्नो देशभन्दा बाहिर गएर शारीरिक अथवा मानसिक श्रम गर्ने कार्यलाई वैदेशिक रोजगारी भनिन्छ । वैदेशिक रोजगारी ऐन, २०६४ अनुसार वैदेशिक रोजगारी भन्नाले स्वदेशका मानिसहरुले विदेशमा गएर गरिने रोजगार हो । कुनैपनि राष्ट्रका युवाहरु बलिया खम्बा हुन् । युवाबाट म्ुलक उन्नति र समुद्धिको पथमा अगाडि बढ्छ । उनीहरु बिना देशले विकासको गति लिन सक्दैन । हाम्रो मुलुकबाट खाडी मुलुकमा रोजगारीका लागि वर्षेनी लाखौँ युवाहरु विदेशिने गरेका छन् । …

पुरा पढ्नुहॊस »

निकिताले लेखिन्- ‘मिडियाविरुद्ध मुद्दा हाल्दा रविको राजनीतिमा धक्का दिने चेतावनी आयो’

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले मिडिया सञ्चालकबाटै रविको राजनीतिमा धक्का पुर्‍याउने डर देखाइएको बताएकी छन् । विभिन्न सञ्चारमाध्यमविरुद्ध काठमाडौं जिल्ला अदालतमा र प्रेस काउन्सिलमा मुद्दा दायर गरेकी निकिताले ठूला मिडियाविरुद्ध मुद्दा हाल्दा आफ्ना श्रीमानको राजनीतिमा ठूलो धक्का पुग्ने चेतावनी दिँदादिँदै पनि आफू अघि बढेको बताएकी हुन् । चैत २१ गते काठमाडौं महानगरपालिकाले छापा मारेको साई स्वागत सहकारीमा पौडेल आबद्ध रहेको दाबीसहितका समाचार प्रकाशित भएका थिए …

पुरा पढ्नुहॊस »

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आज

काठमाडौँ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । इलाम-२ र बझाङ १ (१) मा २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार दुवै क्षेत्रको मनोनयन दर्ता सदरमुकामस्थित निर्वाचन अधिकृतको …

पुरा पढ्नुहॊस »

आज (शनिबार) कुन-कुन राशिलाई शुभ ?

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

कलेजको पाँचौं तलाबाट हाम हालेकी युवतीको मृत्यु

काठमाडौं । दोलखाको चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फाल्दा १९ वर्षिया युवतीको मृत्यु भएको छ । कलजेको पाँच तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी करुणा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । अधिकारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो । उनको उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पोखरा घर भएकी अधिकारी कलेजमा पिसिएल नर्सिङको पहिलो वर्षमा …

पुरा पढ्नुहॊस »

दुई समूहबीच झडप : सुनसरीको हरिनगर र देवानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं । दुई समुदायबीच धार्मिक तनाव बढेपछि सुनसरीका दुईटा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । मुस्लिम र हिन्दु समुदायबीच तनावको अवस्था उत्पन्न भएपछि सुनसरीको हरिनगर गाउँपालिका सबै वडा र देवानगञ्ज गाउँपालिका वडा नं. १ र ७ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो । केही दिनयता ती दुई गाउँपालिकामा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने गरी दुई धार्मिक समुदायबीच हिंसात्मक झडप समेत हुन थालेपछि सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयँलले शुक्रबार …

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरको निर्देशन- विद्यार्थीलाई विद्यालयबाटै सामान किन्न बाध्य नबनाउनु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थीलाई विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ । कामपा शिक्षा विभागले सामुदायिक र संस्थागत दुवै विद्यालयलाई परिपत्र गर्दै उक्त चेतावनी दिएको हो । आगामी शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउने काम प्रचलित कानुनविपरीत रहेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख …

पुरा पढ्नुहॊस »

गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी

काठमाडौं । गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको आरोपसहित प्रहरीमा जाहेरी परेको छ । रवि पत्नीले इलाका प्रहरी कार्यालय झलारीमा वैवाहिक बलात्कारको जाहेरी दर्ता गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक पुष्कर पन्तले यही चैत २० गते गायक ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता भएको पुष्टि गरे । उनकाअनुसार जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । नेपाल आइडलबाट चम्किएर गायक बनेका ओडको घर कञ्चनपुरको कृष्णपुर नगरपालिका, गुलरिया हो …

पुरा पढ्नुहॊस »