Tag Archives: mainnews

सुनमा नयाँ कीर्तिमान : एकैदिन १८ सयले बढेर १ लाख ३३ हजार पुग्यो मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउले इतिहास रचेको छ । मंगलबार प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १८ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । तेजाबी सुन तोलामा १ लाख ३२ हजार ३ सय ५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको …

पुरा पढ्नुहॊस »

निजी स्कुलले ७ दिनभित्र नेपालीपन झल्किने नाम नराखे भर्ना रोक्ने महानगरको चेतावनी (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयहरूलाई नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । सात दिनभित्र त्यस्तो नाम राखेको विवरण उपलब्ध नगराए विद्यार्थी भर्ना प्रक्रिया नै रोकिदिने महानगरपालिकाको चेतावनी छ । बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो । महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ …

पुरा पढ्नुहॊस »

विश्वमा डलर अर्बपतिको संख्या २ हजार ७ सय ८१ पुग्यो, विनोद चौधरी कति नम्बरमा ?

काठमाडौं । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । फोर्ब्सले अहिलेसम्मकै धेरै २ हजार ७८१ जनाको सूची सार्वजनिक गरेको हो । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो । विश्वका डलर अर्बपतिहरुको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो । नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने …

पुरा पढ्नुहॊस »

इलाम-२ र बझाङ-१ (क) को उम्मेदवार छान्न कांग्रेसमा सकस

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठकले इलाम निर्वाचन-२ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने भएको हो । कांग्रेस प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मंगलबार बसेको संसदीय बोर्डको बैठकमा प्रदेश कार्यसमितिले सिफारिस गरेका उम्मेदवारको नामावलीमाथि छलफल भएको छ । उनले भने, ‘उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्छ ।’ …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

बागमतीमा एमालेका ४ मन्त्रीले लिए शपथ

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन् । सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्री बन्नेमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर …

पुरा पढ्नुहॊस »

माओवादी नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ

काठमाडौं । माओवादीका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले खाम पक्राउ परेको जानकारी दिए । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । रामेछाप घर भई काठमाडौँको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग उनीमाथि छ । २०६५ वैशाख १५ गते अपहरण गरी श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी …

पुरा पढ्नुहॊस »

आईस्पान भन्छ- इन्टरनेटका ग्राहकबाट अनावश्यक शुल्क लिएको छैन, रोयल्टी सरकारलाई बुझाइसकेका छौं (विज्ञप्तिसहित)

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले ग्राहकबाट अनावश्यक शुल्क नलिएको दाबी गरेको छ । आईस्पानले विज्ञप्ति जारी गर्दै गैरदूरसंचार सेवा अन्तरगत सपोर्ट एण्ड मेन्टेनेन्समा ग्राहकहरूबाट रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष आरटीडीएफ नउठाएको प्रश्ट पारेको हो । इन्टरनेट सेवा प्रदायकहरूले ग्राहकबाट लिइएका कानुन बमोजिमका शुल्कको आरटीडीएफ तथा रोयल्टी सरकारलाई बुझाएको बताएको छ । दूरसंञ्चार नियमावली २०५४ को नियम १५ मा संशोधन गरी दूरसञ्चार सेवा अन्तर्गतका फिक्स्ड वायर्ड …

पुरा पढ्नुहॊस »

नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । आर्थिक बर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ, जसलाई पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले मुख्य रुपमा डोर्याएको हुनेछ । विश्व बैंकले अर्धवार्षिक रुपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार विपे्रषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोग समेत बढ्नेछ । ‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक बर्ष २०२५ मा थप ४.६ प्रतिशतको …

पुरा पढ्नुहॊस »

काठमाडौंमा हर्क साम्पाङको एकल प्रदर्शन

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था काठमाडौंमा एकल प्रदर्शन गरेका छन् । २०८४ को निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै उनले काठमाडौंको सडकमा एकल प्रदर्शन गरेका हुन् । काठमाडौं आएका बेला साम्पाङले मंगलबार बिहान सडक किनारमा एक्लै उभिएर प्रदर्शन गरेका हुन् । ‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर’ लेखिएको ब्यानर बोकेको तस्वीर उनले आफ्नै फेसबुकमा राखेका छन् ।

पुरा पढ्नुहॊस »