Tag Archives: mainnews

बागमतीमा रमा आलेमगरले लिइन् बिनाविभागीय मन्त्रीको शपथ

काठमाडौं । बागमती प्रदेश सरकारको विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । नेकपा एकीकृत समाजवादीकी प्रदेशसभा सांसद आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान विना विभागीय मन्त्रीको शपथ गराएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मगरलाई सोमबार मन्त्री नियुक्त गरेका थिए । मगर एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन् । चन्द्रागिरी नगरपालिकाकी रमा काठमाडौं क्षेत्र नम्बर १० (ख) बाट प्रत्यक्ष निर्वाचित भएकी …

पुरा पढ्नुहॊस »

सचिवहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले विभिन्न निकायका सचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । उद्योगका सचिव मुकुन्द निरौलालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । त्यस्तै उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका छन् । मधेस प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य …

पुरा पढ्नुहॊस »

आज मन्त्रीहरुले संसद्‌मा उठेका प्रश्नको जवाफ दिने कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेपछि संसद् भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको हो । संसद् सचिवालयका अनुसार वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले …

पुरा पढ्नुहॊस »

उम्मेदवार टुंग्याउन देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ बस्ने गरी बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले आगामी वैशाख १५ गते हुने इलाम-२ को प्रतिनिधिसभा र बझाङ- १ प्रदेशसभाको उपनिर्वाचनमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लगाउने बुझिएको छ । उपनिर्वाचनका लागि अन्य दलहरूले उम्मेदवारको टुंगो लगाइसके पनि कांग्रेस भने …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

पार्टी बैठकमा रेशम र रन्जिता पक्षबीच कुटाकुट

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताबीच कुटाकुट भएको बताइएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो । पार्टीका संरक्षक एवं पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका पतिसमेत रहेका रेशमलाल चौधरी र उनकै पत्नीका कार्यकर्ताबीच विवाद भएपछि कुटाकुट भएको छ । स्रोतका अनुसार चौधरी दम्पत्तिबीचको विवादले पार्टी नै विभाजनको मुखमा पुगेको छ। यसैक्रममा नागरिक उन्मुक्ति पार्टीको बैठकमै कुटाकुट भएको हो । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा …

पुरा पढ्नुहॊस »

संसद्‌मा कांग्रेसले भन्यो- सरकार गृहमन्त्री गुमाउनुपर्छ कि भन्ने मानसिक पीडामा छ

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई पदमा बसिरहन नैतिकताले नदिने बताएको छ । सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रमीला गौतमले गृहमन्त्रीको राजीनामा मागेकी हुन् । गृहमन्त्रीले आफूविरुद्ध परेको उजुरीलाई चिर्कट्टोको संज्ञा दिएको भन्दै उनले आपत्ति जनाइन् । ‘उजुरी त कागजमै लेख्नुपर्ने होला नि ! ताम्रापत्रमा स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई जानकारी गराइदिए हुन्थ्यो नि,’ उनले अगाडि भनिन्, ‘यी घटना र अभिव्यक्तिले सहकारी पीडितको विषयमा अनुसन्धान …

पुरा पढ्नुहॊस »

सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड, १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउले इतिहास रचेको छ । आइतबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । तेजाबी सुन तोलामा १ लाख ३० हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । …

पुरा पढ्नुहॊस »

एशियाली खेलकुदमा रजत पदक हात पारेकी एरिकाले अमेरिकामा जितिन् स्वर्ण

काठमाडौं । एशियाली खेल कुदकी रजत पदक विजेता एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन अन्तर्राष्ट्रिय करातेमा जुनियरतर्फ स्वर्ण र सिनियरमा रजत पदक जित्न सफल भएकी छन् । जुनियरतर्फ आइतबार राति भएको खेलमा एरिकाले यू–२१ अन्तर्गत ६८ केजी तौलमाथिको स्पर्धामा स्वर्ण चुमेकी थिइन् । त्यस्तै, एरिकाले सोमबार बिहान भएको सिनियरतर्फको युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथिको तौल समूहमा भने फाइनलमा अमेरिकी खेलाडीसँग पराजित हुँदै रजत पदकमा चित्त बुझाइन् । …

पुरा पढ्नुहॊस »

अर्थ मन्त्रालयले भन्यो- बजेट लेख्दैछौँ, भेटघाटमा नआउनू/सुझाव भए इमेल गर्नू

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको हो । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा …

पुरा पढ्नुहॊस »