निलम्बित न्यायाधीश पत्नीले सर्वोच्चको इजलासमै शंकास्पद वस्तु खाइन्

काठमाडौं । पूर्व न्यायाधीश भुवन गिरीकी पत्न आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छन् । आरतीले मुद्दाको बहस चल्दाचल्दै विष पिएकी हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

कपिलवस्तु जिल्ला अदालतका तत्कालीन न्यायाधीश गिरीकी श्रीमती आरती न्याय माग्दै लामो समयदेखि सडक आन्दोलन गरिरहेकी छन् । श्रीमान गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन् ।

उनले गएको माघ २ गते सर्वोच्चको गेट अगाडि आत्मदाहको कोशिस गरेकी थिइन् । हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र अहिले उनी स्थिर र बोल्न नसक्ने अवस्थामा रहेकी बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस