राजेन्द्रको व्यंग्य : कांग्रेसले टिकट नदिएपछि जाने ठाउँ रास्वपा थियो, सहकारी प्रकरणले बन्द हुने भो !

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सहकारी प्रकरणपछि पार्टीले टिकट नदिए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाने बाटो बन्द हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले त्यो बाटो बन्द गरिएकोमा आफूलाई चिन्ता लागेको भनी व्यंग्य गरे ।

रास्वपा उपसभापति स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै बजगाईँले कांग्रेसले टिकट नदिएपछि अवसर खोज्दै जाने ठाउँ रास्वपा थियो भनेका हुन् । ‘कांग्रेस पार्टीले टिकट नदिएपछि अर्को जाने ठाउँ राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय अवसरको ठाउँ बनेको थियो । सहकारीको कारणले त्यो पनि बन्द हुने अवस्था छ । मलाई साथीहरू देखेर साह्रै चिन्ता लागेको छ,’ उनले भने ।

बजगाईँले अनैतिक काम गरेपछि सामान्यतया कम्पनीमा आबद्धलाई एमडीले सचेत गराउने गरेको बताए । तर, हिजो सहकारीको व्यवस्थापनमा रहेकाले त्यो काम नगर्दा रास्वपामा संशय पैदा भएको बताए । उनले बूढीगण्डकीमा माछा मार्नेहरूले कर्मचारीलाई माछा पठाएपछि परियोजना बन्ने आशा राखेको व्यंग्य पनि गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस