Tag Archives: mainnews

देशभर भारी वर्षाको विश्लेषण, हेर्नुहोस् तीन दिनको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसले गर्दा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर गयो भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

एसईईको रिजल्टमा चित्त बुझेन ? अनलाइनबाटै दिन सकिन्छ ‘रिटोटलिङ’का लागि निवेदन

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा चित्त नबुझेमा अनलाइनबाटै रिटोटलिङ (पुनर्योग) का लागि निवेदन दिन सकिने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक एसईईको नतिजामा नबुझेको खण्डमा अनलाइनबाटै रिटोटलिङको निवेदन दिने व्यवस्था गरेको हो । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नु पर्नेछ । नतिजा नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय ईकाई विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था …

पुरा पढ्नुहॊस »

मनसुनजन्य विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् । यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको …

पुरा पढ्नुहॊस »

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यसपटक परीक्षामा सामेल भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यसमध्ये १८६ जनाले ४ जीपीए प्राप्त गरेका छन् । परीक्षामा सहभागी भएकामध्ये संख्याको हिसाबमा २ लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका छन् । अर्थात् यी …

पुरा पढ्नुहॊस »

सत्य कुरा बोल्दा ममाथि पार्टीभित्र घृणित राजनीति भयो, प्रतिवेदन सार्वजनिक गरियोस् : महामन्त्री ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पार्टी संकटतिर धकेलिएको बताएका छन् । स्थापनाको छोटो समयमै संघीय संसद्का २१ सिट जित्न सफल पार्टी संकटतिर धकेलिएको उनले ल्गाएको प्रतिवेदनमा उल्लेख छ । महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ बुझाएका हुन् । उनले उक्त प्रतिवेदन बुधबार पार्टी सभापति रवि लामिछानेलाई बुझाएका छन् । उनले उक्त प्रतिवेदनमा गठनको दुई वर्षमै …

पुरा पढ्नुहॊस »

दक्षिण अफ्रिका अपराजित रहँदै पहिलो पटक विश्वकपको फाइनलमा, अफगानिस्तान ९ विकेटले स्तब्ध

काठमाडौं । दक्षिण अफ्रिका आइसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अविजित रहेका रीजा हेन्ड्रिक्सलेले २९ कप्तान एडन मार्कमले २३ रन बनाए । क्विन्टन डिककले ५ रन जोडे । अफगानिस्तानका लागि फजलहक …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता झलनाथ खनालको समर्थनमा उनी अध्यक्षका लागि उम्मेदवारी दिन लागेका हुन् । नेता खनालले नेकपा एसको १० औं महाधिवेशनमा अध्यक्ष पदमा घनश्यामलाई समर्थन गर्ने सहमति भइसकेको छ । बुधवार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा दुई नेताहरू मिलेर जाने सहमति भएको बुझिएको छ । नेकपा एसको महाधिवेशन यही असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदै छ …

पुरा पढ्नुहॊस »