एकैदिन थप ५६८ मा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण भएका ४,८०० नमूनामध्ये ५६८ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६ नमूनाको परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ४५३ र एन्टिजेनबाट ११५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । हाल कोरोना सक्रिय संक्रमितको संख्या ३,५३४ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६३ हजार ३७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न र सरसफाईमा विशेष ध्यान आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस