रातारात उठाइयो ‘कोर एरिया’को फोहोर, लगियो कहाँ ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि फोहोर उठाउन थालेको छ । महानगरले काठमाडौँको मुख्य शहर क्षेत्र ‘कोर एरिया’को फोहोर उठाउन शुरु गरेको हो ।

काठमाडौँभित्र थुप्रिएको फोहोरलाई लिएर बिहीबार बसेको महानगरको नगर कार्यपालिका बैठकमा तीव्र वादविवाद भएको थियो । बैठकमा एमाले–कांग्रेसका वडाध्यक्षहरू मेयर बालेन्द्र साहविरुद्ध आक्रमकरुपमा प्रस्तुत भएका थिए । जवाफमा मेयर साहले मुख्य शहर क्षेत्रको फोहोर राति नै उठाइने बताएका थिए ।

कोर एरियामा पर्ने १२ वटा वडाको फोहोर गएराति उठाएर टेकुस्थित प्लान्टमा लगिएको छ । आजदेखि गाईजात्रा पर्व भएकाले पनि ती क्षेत्रको फोहोर राति नै उठाइएको हो । ‘कोर एरियाको विशेषतः गाईजात्रा निकालिने क्षेत्रको फोहोर राति नै उठाएर टेकु लगिएको छ,’ प्रवक्ता मानन्धरले भने, ‘बन्चरेडाँडामा भएको अवरोध र सडक मर्मतका लागि पनि प्रयास भइरहेको छ ।’

ल्यान्डफिल साइट बञ्चरेडाँडामा फोहोर आजैबाट लान सकिने मेयर शाहले बताएका छन् । बिहीबारको कार्यपालिका बैठकमा बोल्दै उनले आजबाट बञ्चरेडाँडामा फोहोर लानेगरी तयारी भएको जानकारी गराएका थिए । केही हप्तादेखि उठ्न नसकेको काठमाडौँभित्रको फोहोरले सडक र पेटी दुर्गन्धित भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस